Sunday 25th October 2026

संचारकर्मी राजन नेपालको पहलमा गरिवको घर निर्माण


तितोपाटी- काठमाडौको तारकेश्वरमा संचारकर्मीको पहलमा गरिवका लागि घर निर्माण भएको छ ।

तारकेश्वर नगरपालिका वडा नं १ साङ्गलामा स्थनीय दुखी माइला श्रेष्ठलाई बस्ने घर निर्माण गरिएको हो ।सोही नगरपालीका वडा नं १ ढकालचौर बस्ने संचारकर्मी एवं समाजसेवी राजन नेपालको पहलमा सो आवास गृह निर्माण भएको हो ।

आर.एन बुलन्द मिडियाका अध्यक्ष  समेत रहेका राजन नेपालले लक डाउनको समयमा समस्यामा परेका व्यक्तिहरूलाई राहत बाँड्नेक्रममा माइला श्रेष्ठको घरमा पुगेको र उहाँको दयनीय अवस्था देख्दा उनको घर बनाउने अठोट गरेको उनी बताउछन ।

यही लक डाउन को समय बीचमै अभियान चलाएर, घर निर्माण गरेर शनिबार माइला श्रेष्ठ घर हस्तान्तरण गरिएको छ ।हस्तान्तरण समारोहका प्रमुख अतिथिका रुपमा नागरिक समूहका अध्यक्ष तथा बुलन्द आवाजका संरक्षक निगम हुमागाँई , बिशेषअतिथिका रुपमा किसान अभियान्ता एवं बुलन्द आवाजका सल्लाहकार संयोजक उद्धव अधिकारी , नवजिवन परोपकार समाजकाअध्यक्ष दुर्गानाथ दाहाल , कलाकार तथा समता स्कुलका प्राचार्य अजय अधिकारी , स्थानिय जनप्रतिनिधिकाहरु अतिथिका रुपमाउपस्थित रहेका थिए ।

संचारकर्मी नेपालेको अगुवाईमा बिभिन्न दाताहरुसंग सहयोग उठाएर करिव ३,३७,५९५ रुपैयामा माइला श्रेष्ठको घर निर्माण सम्पन्नभएको छ ।

आफूले सपनामा पनि पक्का घरमा बस्ने नसोचेका माइला श्रेष्ठले संचार कर्मी नेपाललाई भगवान् बनेर प्रकट भएको उनी बताउछन ।वर्षौंदेखि पुरानो र जीर्ण झुपडीमा बस्दै आएका श्रेष्ठ सुविधायुक्त घरमा बस्न पाउनेभए पछि खुशी प्रकट गरेका छन ।


सम्बन्धित शीर्षकहरु

नेपालीहरूको महान् चाड बडादसैँ आज कोजाग्रत पूर्णिमा पर्व मनाइँदै विधिवत् समापन गरिँदै छ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा…

इटालीमा बढ्दो महँगी, सैन्य विस्तार र रक्षा खर्च वृद्धि विरुद्ध शनिबार विभिन्न सहरमा प्रदर्शन भएका छन्। केही स्थानमा प्रदर्शनकारी र…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

प्रतिकृयाहरू
...