Monday 2nd November 2026

एनआरएनए पोर्चुगलका बरिष्ठ उपाध्यक्ष थापाद्दारा पाँचौ पटक नेपालीलाई आक्रमण


तितोपाटी- गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद पोर्तुगलका वरिष्ठ उपाध्यक्ष भीमसेन थापा, कोषाध्यक्ष विक्रमजङकुँवर र मनोनित सदस्य विशाल आचार्यले मिलन रेग्मी र रोशन उप्रेतीमाथि साङ्घातिक आक्रमण गरेका छन् ।

आइतबार उनीहरुले सिन्त्रामा रहेको एक नेपाली रेष्टुरेन्टमा साथीभाइ बसेर नेपाली परिकार खाइरहेको बेला रेग्मी र उप्रेतीलाई आक्रमणगरेका हुन् ।थापाले केही बेर पनि कुरा नहुँदै हातपात गरेका थिए । घटनास्थलमै रहेका एनआरएनए सदस्य सुमन शर्मा चौलागाइँकाअनुसार थापाले हात हालेपछि कुँवर र आचार्यले पनि दुईजनालाई आक्रमण गरेका थिए ।

आक्रमणबाट रेग्मीको कानको लोटी च्याट्टिएर रगताम्मे भएका थिए । हातगोडामासमेत चोटपटक लागेका उनको अलमादा अस्पतालमाउपचार भइरहेको छ । उप्रेतीको खुट्टा, घुँडा र कुहिनामा चोटपटकसहित गहिरो दुखाइका कारण अस्पताल गएका थिए । उनी उपचारपछिघर फर्केका छन् ।

रेग्मी र उप्रेतीलगायतका पाँचजनाको समूहमा बसेका नेपाली युवकहरुलाई एनआरएनए वरिष्ठ उपाध्यक्ष थापाले उप्रेतीसँग लेनदेनकोविषयमा विवाद शुरु गरेका थिए । विषय लेनदेन भए पनि थापासँग लेनदेनको कारोबार नभएको उप्रेतीको दावी छ ।

यस अघि थापाले ९ फेब्रुअरीका दिन लिस्बनमा सम्पन्न एक म्युजिकल कन्सर्ट स्थलमा एनआरएनए सदस्य सवीन धितालमाथि पनिहातपात गरेका थिए । पोर्तुगलको नेपाली समुदायमा त्यो घटनाले बबन्डर मच्चिए पनि एनआरएनए अध्यक्ष तिलक गैरेले थापालाईकाखी चापेका कारण अहिले मत्थर बनेको छ ।

नेपाली समाजका अध्यक्ष सोम शेर्पाले गैरे नेत्रित्वको एनआरएनए विघटनको कुनै विकल्प नभएको कुरा उल्लेख गर्दै गैरेले राहत वितरण रखरिदमासमेत व्यापक घोटाला गरेको कुराको खुलासा गरेका छन् ।

सम्पूर्ण केसीले सामाजिक सञ्जाल फेसबुकमा यस्ता हैसियतका मान्छेहरु एनआरएनएको ठूलाबडा भएर छाती फुलाउने गरेको उल्लेखगर्दै अब एनआरएनए नै बहिष्कार गर्नुपर्ने आव्हान गरेका छन् । एनआरएनए बहिष्कार गर्‍यौ भने मात्र यिनीहरुको सेखी तोडिने उनकोनिष्कर्ष छ। 


सम्बन्धित शीर्षकहरु

बर्लिन । बढ्दो महँगी, कमजोर सार्वजनिक सेवा र युवाका लागि घट्दै गएको अवसरको विरोधमा जर्मनीका विभिन्न सहरमा भएका प्रदर्शन शनिबार…

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

प्रतिकृयाहरू
...