Monday 29th June 2026

कुवेतमा कोरोना संक्रमितको संख्या २२५७५ पुग्यो, मृत्यु हुनेको संख्या १७२


हरि कृष्ण न्यौपाने – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितको संख्या आज मेई २६,मंगलबार,२०२० का दिन सम्म पछिल्लो २४ घन्टामा थप ६०८ जना सहित २२,५७५ पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या थप नयाँ ७ जना सहित १७२ पुगेको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

कुवेतमा कोरोना संक्रमितको संख्या २२,५७५ जना मध्ये ७,३०६ जनाले स्वास्थ्य लाभ गरिसकेका छन, भने पछिल्लो २४ घन्टामा ६८५ जनाले स्वास्थ्य लाभ गरेको अरब टाईम्स अनलाइनमा जनाइएको छ ।

पछिल्लो २४ घन्टाको तथ्यांक अनुसार सबै भन्दा बढी २०० जना भारतीय , १४६ जना कुवेती, ७८ जना इजिप्सियन र ३८ जना बंगालादेशी नागरिक सहित अन्य विभिन्न देशका नागरिक समेत रहेका छन ।

कोरोना भाइरस सबैभन्दा बढी फर्वानिया क्षेत्रमा १८० जना, हवालीमा ११४ जना, सिटीमा-७८ जना, जाहारामा ६१ र अहमादीमा १७५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

कोरोना भाइरसबाट संक्रमित २२,५७५ जना मध्ये १५,०९७ जना अस्पतालमा उपचाररत छन भने १९६ जनाको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको छ । कुवेतमा अहिलेसम्म २,७६,२०७ जनाको कोरोना परिक्षण गरिएको छ ।

पछिल्लो २४ घन्टामा २,३९५ जनाको स्वाब परिक्षण गरिएको अरब टाईम्स अनलाइनमा जनाइएको छ ।
मेई ०३,२०२० का दिन सम्म कोरोना संक्रमित नेपालीको संख्या ८४ जना देखाएको थियो तर अहिले कति संक्रमित छन भन्नेबारेमा कुनै जानकारी प्राप्त भएको छैन ।


सम्बन्धित शीर्षकहरु

अर्थमन्त्री  स्वर्णिम वाग्ले ले भारत र चीनबाट प्राप्त हुने द्विपक्षीय ऋण World Bank र Asian Development Bank (एडीबी) को सहुलियतपूर्ण…

भारतको Himachal Pradesh मा करिब तीन लाख रैथाने नेपालीभाषी समुदायको बसोबास रहेको विभिन्न गोर्खा संस्थाहरूको दाबी छ। नेपालीभाषीहरूको सबैभन्दा बढी…

चीनले मौसमी व्यापारका लागि तिब्बतको Taklakot (पुराङ/बुराङ) प्रवेश गर्न २१२ जना नेपाली व्यापारीलाई अनुमति दिएको छ। यो अनुमति विशेष गरी…

प्रतिकृयाहरू
...