Saturday 3rd October 2026

भ्रष्ट र लम्पसारवादीतन्त्र कहिलेसम्म


नारायण अधिकारी- अरुले तपाईं भनोस नभनोस् आफै मपाईं भनेझैँ , आफुले गरेका कमि कमजोरी सम्झेर जब सम्म आत्मा आलोचना आत्मा ग्लानी र हिन्ता बोध गर्दैनन् तब सम्म कुनै पनि कुरा ( समाज सङ्गठन रास्ट्र) को सुदृढीकरण हुदैन।

देखावटी र बनावटि प्रतिबद्धता मात्र भइरहयो औपचारिकता निभाउन सकेनौ ।सर्बहाराको निम्ति भनेर ल्यायको नीति र सिद्धान्तको बिकाश तिम्रा आफ्ना लागि मात्र भयो। गरिब र उत्पीडित का शिक्षा स्वास्थ्यका कुरा परै भए गाँस बाँस कपासको पनि रत्तीभर दया भयन , न्यायलयको त झन कुरै नगरौ।

जब जब देशमा दयनिय बिपत्ती आउँछ अनि “मौकामा हिरा फोर्ने ” कु नीति जाग्छ , यहि बेला कालो बजारी र भ्रस्टाचार मौलाउन्छ आन्तरिक राजनितिक दोन्द्ध पद र सत्ताको खेल बिचल्लीमा पर्नी जनता अनि छिमेकी लाई मौका दिने उ बेला भएका बिकाश देश भित्रका ठुला ठुला औधोगिक कल कारखाना र कृषिले धानेको थियो। अहिले रेमिट्यान्सले धान्न परेको छ र त्यहि पनि अब खुस्किदै छ।आखिर भयो कसरी कु राजनितिककरण , आन्तरिक कम्जोरी, बाहिरी शक्ति सत्ताको खेलले गर्दा नसोची गरिएको परिणाम भोग्दै छौ। यस्तै रहयो भने झन हेपिन्छौ।

माक्स र लेनिनवाद भन्दै युद्ध गर्यौ आखिर पायौ के त? युद्ध गर्ने हरु नै आज ध्रुवीकरण भकाछ्न । राजतन्त्र फालेर गणतन्त्र ल्यायर नया संविधान बनायौ तर त्यो संविधानमा मा देशको मुल धर्म सस्कृती र पहिचान खै उल्लेख गरेको? मिलेर बसेका जातजातीमा मट्टीतेल खनायर साम्प्रदायिक आगो लगायौ संघीयता संघीयता भनेर नबुझी झोले नेताको पछि लाग्यौ ।आज संघीयताका बडामहाराजहरुले सबै पाए तिमीले हामीले के पायौ? हामीहरुले बुझेनौ चुकेयौ यसैको पराकाष्ठा हो आजको नतिजा।

अब युद्द गर्छु भनेर खियालाको खुकुरी फुस्रे ढुङ्गामा उदायर सिमानामा गयर भुमी फिर्ता हुदैन उ सङ्ग ठुला ठुला मिसाइल छ्न। छिमेकीले बर्सौ देखि लगाएको गिद्दे आँखा त्यसै छोडदैन। बरु अब नबिक्ने बिज्ञहरु (एक्सपर्ट) को टिम लगायत सबै मिलेर सोध खोज अनुसन्धान गरेर यथ्सट प्रमाणहरु जुटाउ अनि बलियो कुटनितिक पहल तर्क र बिचारले भुमी फिर्ता लगाएत पुराना घाती सन्धि सम्झौता खारेज गरौ।
जय नेपाल सुन्दर शान्त विशाल।


सम्बन्धित शीर्षकहरु

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

यमनमा बढ्दो द्वन्द्व र विस्थापनका कारण भोकमरी संकट गहिरिएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार सरकारको नियन्त्रणमा…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा (लुला) चौथो कार्यकालका लागि फेरि राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धा गर्दै छन्। ८० वर्ष…

प्रतिकृयाहरू
...