Wednesday 30th September 2026

कुवेतले एक लाख विदेशी कर्मचारी सरकारी क्षेत्रबाट निकाल्दै


तोयानाथ उपेक्षित, नगरपालीका प्रशासनले कुवेतका सरकारी निकायमा काम गर्ने एक लाख विदेशी कर्मचारी लाई एक बर्ष भित्रमा निकाल्ने भएको छ । हालै मात्र दरखास्त माग भई आवेदन दिएकाहरुको माग पत्र समेत रद्ध गर्ने फैसला गरेको छ ।

नगरपालिकाको उक्त फैसलालाई नगरपालीका हेर्ने राज्य मन्त्री वालिद अल जासिमले लागु गर्न हिजै निर्देशन दिएको समाचार अरब टाईम्सले प्रकाशन गरेको छ । उक्त फैसला तुरुन्तै कार्यान्वयनमा आउने र एक बर्ष भित्रमा पुरा गर्ने भनिएको छ । यसरी लागु हुने नयाँ कानूनको कारण कुवेतको सरकारी निकायमा काम गर्ने एक लाख विदेशीहरु रोजगार गुमाउने छन । समाचार अनुसार २६ प्रतिशत विदेशी हाल ती क्षेत्रहरुमा कार्यरत छन । तिनलाई विस्थापन गरेर कुवेतीहरु नियुक्ति गरिने कुरा समाचारमा उल्लेख छ । यदि कुनै ठाउँमा कुवेतीको आवेदन परेनछ भने त्यस क्षेत्रमा एक साल भन्दा नबढ्ने गरी विदेशी कर्मचारी नियुक्ति गरिने भनिएको छ ।

एम पी सफा एल हसहेम तथा अवदुल अल कन्दारीले नगरपालिकाको निर्णयको स्वागत गरेका छन । यसरी नै कोरोना संकटले बन्द भएका प्राईभेट सेक्टरमा समेत लाखौको नोकरी जान सक्ने भएकाले कम्पनीहरुलाई कर्मचारी कटौती गर्ने वा तलब घटाएर काममा लगाउन दिईने कुरा उठाएका छन ।

कुवेत लामो समय देखि लकडाउनमा रहेको छ । जहाँ ३० भन्दा धेरैको अपरेटिभहरुमा कर्मचारी नै कोभिडबाट संक्रमित हुदा बन्द गरिएका छन । सरकारले सबैको अपरेटिभमा कोरोना टेस्ट गरिरहेको छ भने विमान स्थल लगायत आशंकित क्षेत्रमा रेन्डम्ली टेस्ट गर्ने अभियान चलाएको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

असोज ९ देखि ११ गतेसम्मको लगातार वर्षापछि बागलुङका निसीखोला र तमानखोला क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीपहिरोका कारण १२…

मनाङको घट्टेखोलाबाट आएको लेदोसहितको बाढीले मर्स्याङ्दी नदी अझै पूर्ण रूपमा खुल्न सकेको छैन। नदी पुलको दायाँ र बायाँबाट बगिरहेको भए…

प्रतिकृयाहरू
...