Thursday 27th August 2026

प्रवासमा रहेका करिब ६ लाख नेपालीलाई उद्दार गर्नुपर्ने


तितोपाटी- कुवेत र युएई सरकारले यहाँ रहेका नेपालीलाई काठमाडौं पठाईदिने भन्दै सरकारलाई पत्र पठाएको छ। सोमबार राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पत्रबारे जानकारी गराएका थिए। उनका अनुसार अनुसार यूएईले दुईवटा विमानमा नेपाली कामदारहरुलाई ल्याउन भन्दै पत्र पठाएको छ।

त्यस्तै नेपालले तत्काल २ लाख १० हजार नेपालीलाई तत्काल उद्दार गर्नुपर्ने अवस्था रहेको ज्ञवालीले यो तथ्यांक सार्वजनिक गरेका छन्। कोरोना भाइरसका कारण विश्वका अधिकांश मुलुक लकडाउनमा गएपछि सरकारले उद्दार गर्नुपर्ने नेपाली नागरिको संख्याबारे एक अध्ययन गरेको थियो। उक्त अध्ययनलाई आधार बनाउँदै मन्त्री ज्ञवालीले तत्कालै र केही समयपछि गरी विश्वभरबाट जम्मा ५ लाख ८८ हजार ७ सयको हाराहारीमा नेपालीलाई उद्दार गर्नुपर्ने बेला आएको बताए। जसमध्ये भारतबाट मात्र २ लाख ५० हजारको हाराहारीमा नेपाली नागरिकलाई उद्दार गर्नुपर्ने उनको भनाई छ।

साभार अन्नपूर्णपोष्ट बाट


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...