Wednesday 30th September 2026

कुवेतमा आज मात्रै पनि ९९१ जनामा कोरोना संक्रमण,१० जनाको मृत्यु


हरि कृष्ण न्यौपाने – कोरोना भाईरस(कोभिड-१९)बाट कुवेतमा मेई-१२ तारिक मंगलबार सम्म १०२७७ जना संक्रमित भएका छन।कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा द टाइम्स कुवेतले जनाए अनुसार पछिल्लो २४ घन्टामा ९९१ जनामा कोरोना संक्रमण देखिएको हो, जसमा १३१ जना कुवेती, ३०० जना भारतिय, २२२ इजिप्सियन, ११८ बंगालादेशि र अन्य देशको नागरिकहरु रहेका छन।मेई ०३ तारिक सम्म ८४ जना नेपालीहरु संक्रमित भए पनि त्यस पछि भने सबै संक्रमितको राष्ट्रियता खुलाइएको छैन।यसै गरि पछिल्लो २४ घन्टामा १० जनाको मृत्यु भएको छ भने कुवेतमा अहिले सम्म कोरोना संक्रमणबाट ७५ जनाको मृत्यु भएको छ।यसै गरि पछिल्लो २४ घन्टामा १९४ जनाले स्वास्थ्य लाभ गरेका छन।
पछिल्लो २४ घन्टामा संक्रमित हुनेहरुमा कुवेतको क्यापिटल सिटिबाट ११६ जना,हवालीबाट २१९ जना,अमादीबाट २३७ जना,फर्वानियाबाट ३५६ जना र जहाराबाट ६३ रहेको जनाइएको छ।
आज प्रकाशि समाचारमा जनाईए अनुसार जम्मा १०२७७ संक्रमित मध्ये १५८ जना गम्भीर अबस्थामा रहेको जनाइएको छ भने अहिले सम्म ३१०१ जनाले स्वास्थ्य लाभ गरिसकेका छन।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

असोज ९ देखि ११ गतेसम्मको लगातार वर्षापछि बागलुङका निसीखोला र तमानखोला क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीपहिरोका कारण १२…

मनाङको घट्टेखोलाबाट आएको लेदोसहितको बाढीले मर्स्याङ्दी नदी अझै पूर्ण रूपमा खुल्न सकेको छैन। नदी पुलको दायाँ र बायाँबाट बगिरहेको भए…

प्रतिकृयाहरू
...