Thursday 10th September 2026

कुवेतमा २० दिनका लागि कठोर लकडाउन


तोयानाथ उपेक्षित, कुवेतमा कोरोनाको संक्रमण दिनहु बढ्न थाले पछि यहाँको सरकारले पूर्ण रुपमा लक डाउन गर्ने घोषणा गरेको छ । आईतवार अर्थात मई महिनाको १० तारिक अपरान्ह ४ बजे बाट शुरु हुने लक डाउन मइ ३० तारिक समाप्त हुने छ ।

फेब्रवरी २४ मा तीन जनामा देखिएको कोरोनाको संक्रमण हाल ७२०८ जनामा देखिएको छ । आजै मात्र संक्रमितको संख्या हाल सम्मकै धेरै ६४१ जनामा देखिए पछि आपतकालिन घोषणा कुवेत सरकारले गरेको हो । सरकारका प्रबत्ता तारिक अल मुजारम ले उक्त कुराको घोषणा गरेका हुन । विस्तृत विवरण केही बेर पछि पत्रकार सम्मेलन मार्फत दिईने भनिएको छ । एक प्रकारले कुवेत २ महिनाबाट नै लक डाउनमा छ भने जीलिप र माहाबुल्ला क्षेत्रलाई आईसोलेट गरिएको आज एक महिना नाघेको छ । अब हुने लक डाउनलाई कफर्युका रुपमा हुन सक्ने अनुमान गरिन्दैछ ।

कोरोनाका का कारण कुवेतमा हाल सम्म ४७ जनाले ज्यान गुमाईसकेका छन । नेपालीहरु कति संक्रमित भए भन्ने आधिकारीक तथ्यांक आएको छैन तर एक अनुमान अनुसार सो संख्या १०० भन्दा धेरै हुन सक्ने बताईएको छ ।


सम्बन्धित शीर्षकहरु

बेलायत, फ्रान्स, क्यानडा लगायत १२ देशले वेस्ट बैंकस्थित इजरायली बस्तीबाट हुने व्यापारमा प्रतिबन्ध लगाएका छन्। यसको जवाफमा इजरायलले पूर्वी जेरुसेलमस्थित…

पूर्वी युक्रेनको महत्वपूर्ण सहर क्रामाटोर्स्क तर्फ रुसी सेना बिस्तारै नजिकिँदै गएको छ। युक्रेनी अधिकारीहरूका अनुसार सहरमा दैनिक रूपमा बम र…

यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका केही तेल तथा सैन्य केन्द्रहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका छन्। हुथीहरूले यो आक्रमण साउदी…

प्रतिकृयाहरू
...