Sunday 19th May 2024

कोरियामा भिषा अवधि समाप्त हुन लागेका नेपालीहरूको पीडा


रन्जन राज कुँवर-विश्व महामारीको रुपमा फैलिएको COVID-19 को कारणले गर्दा कोरियामा कार्यरत नेपाली श्रमिकहरु पनि प्रभावित भएका छन् । खासगरी भिसा अवधि सकिएका ,बिरामी परेका,अलपत्र परेका र विभिन्न किसिमका व्यवसाय गर्दै आएका बिशेषतः प्रभावित देखिएका छन्।

उल्लेख्य भिसा अवधि सकिएका हरुलाई बसाई अवधि थप गरेतापनि कम्पनीको र महंगीको कारणले गर्दा बस्नलाई पक्कै सहज भने छैन। भिसा अवधि सकिए पश्चात कतिपय कम्पनीहरुले काम नदिएका कारण अझै पनि समस्यामा परेका छन्। नेपालमा बन्दा बन्दी अर्थात लक डाउन जेष्ठ ५ गते सम्म लम्बाए पनि मे ६ तारिख देखि कोरियाले आंसिक लक डाउन अन्त्य गरेको र सामाजिक दुरी पनि हटाइएको छ । कोरियामा कोरोनाको करणले बन्द भएको रेष्टुरेन्ट ,होटल, सपिङ्ग महल ,सिनेमाहल , क्लब सुचारु हुन लागेका छन् ।
के भन्छन् नेपाल फर्कने चाहने नागरिक
अब मेरो भिषा अवधि सकिन १५ दिन मात्र बाँकी छ तर कोरियन सरकारले ५० दिनको भिषा थपिदिए ता पनि साहुले काम दिएको छैन र अवधि सकिनुभन्दा अघि नै कम्पनी छोडेर जानु भनेको छ। काम नगरेपनि इन्स्योरेन्सको पैसा कोरियन सरकार लाई दिनुपर्ने ले गर्दा झन् अफ्ठ्यारो परेको छ।अन्य देशको नागरिक सहजरूपमा देश फिर्ता हुँदै गर्दा नेपाल सरकारले कुनै कदम नै चालेको छैन हामीसँग काम पनि छैन पैसा पनि लगभग नेपाल पठाइएको अवस्थाले गर्दा अभाव छ त्यो भन्दा पनि ठूलो समस्या हवाई उडान नखुलेसम्म कहाँ बस्ने के गर्ने बिचल्ली पर्ने भयो, दूतावासलाई नेपाल पठाउनको निमित्त सरकार सङ्ग पहल गर्नुपर्यो भन्दा कुनै जवाफ आउँदैन नेपालबाट आउने विमानको बिषयमा धेरै समाचार आउने गर्छन् तर हामी कोरियामा रहेका नेपाली नेपाल जान चाहन्छौं यो विषयमा सम्बन्धित निकाय मौन छ बरु हामी नेपाल सरकारले तर्जुमा गरेको नियम हामी पालना गर्न तयार छौं मेडिकल सर्टिफिकेट, क्वारेन्टाइन को व्यवस्था तथा अन्य विषयमा लाग्ने खर्च हामी आफै बेहोर्ने छौं ।
त्यस्तै अर्का पीडित भन्छन
भिषा अवधि सकिएको पनि ५० दिन पुग्न थालिसक्यो बाहिर काम गरेको छैन किम्हे माइग्रेन्ट सेल्टरमा बसेका थियौँ दैनिक ८ हजार वन खानामा मात्र खर्च हुने र अन्य प्रयोजनको लागि पनि सेल्टर लाई शुल्क बुझाउनु पर्ने हुँदा उक्त सेल्टर छोडेर अन्य शुल्क थोरै तिर्नु पर्ने सेल्टर बस्दै आएको छौं, कोरियामा काम नपाउनु र अर्को महंगी त्यस्तै । उनले गुनासो पोखे
यी त केही कोरियामा पीडित नेपाली पात्र मात्र हुन् यस्ता सयौंको संख्यामा कोरियामा रहेका छन् उनीहरुको माग उनीहरूको भाषामा यस्तो छ।

NRNA कोरिया द्वारा व्यवस्थापन गरिएको चार्टर्ड बिमान AIR BUS RA 330 KTM- ICN उड्ने समय निर्धारण गरिएको छ (अर्को सूचना नआए सम्म स्थगित)। नेपाल बाट कोरिया अाएर विमान खाली नेपाल फर्कदै छ । यसैक्रममा कोरियामा भिसा सकिएर नेपाल जानको लागि बसेको नेपालीहरुलाई नेपाल सरकारले उद्वार गर्नु पय्रो भन्ने हामी पिडित नेपालीहरुको भनाई हाम्रो समस्याहरु १. चार बर्ष १० महिना भिसा अबधि सकिए पछि बैधानिक रुपमा काम गर्ने अनुमति न हुनु। २. खान बस्न मासिक ५००००० वन (रु ५०हजार) खर्च हुनु ३. कोरिया सरकारले बैधानिक रुपमा बसेको विदेशीले अनिवार्य ११३००० वन लगभग (रु १२ हजार )इन्स्योरेन्स को तिर्नु पर्न छ। हाम्रो मागहरु १.भिसा सकेर विदेशी भुमिमा अलपत्र परेकोहरुलाइ तत्काल उद्धार गर्नु पर्ने ।२. उद्धार मा लाग्नेसम्पूर्ण विमान चार्टर खर्च हामी अाफैं गर्छौं । ३. नेपाल अाए पछि क्वारेन्टाइन मा लाग्ने खर्च हामी अाफै गर्छौ। ४ सरकारले क्वारेन्टाइन को व्यबस्था गर्न नसके हामी आफै गर्न पनि तयार छौ । ५. क्वारेन्टाइन होटल हरुलाई बनाएर राख्दा पनि खर्च हामीनै गर्छौ। विलेशमा कमाएको पैसा विदेश मै सक्न भन्दा नेपालमा नै खर्च गर्यो भने हाम्रो देशलाई पनि राम्रो हुन्छ ।

नेपाल सरकारले गरिदिनु पर्ने बैशाख ३० (मे १२ तारिक ) कोरिया अाउने विमान नेपाल खालि फर्कनु भन्दा नेपाली लाई नेपाल ल्याउन को लागि ल्यान्डीङ् अनुमति दिनु पर्ने । अन्तर्राष्ट्रिय कानुन अनुसार पनि नागरिक आफ्नो देश फर्कन पाउने नैसर्गिक अधिकार हो । नेपाल बाट पनि विभिन्न देशका नागरिक लाई चार्टर गरेर उद्धार गरेको छ । चाईना बाट विद्यार्थी उद्धार गरेर वा वा कमाएको सरकारले हाम्रो पीडा कहिले बुझ्छ ।
के भन्छ दूतावास
Covid 19 कोरोना भाइरसको महामारीले विश्व तन्त्र नै डामाडोल भएको अवस्थामा कोरियामा रहेका नेपालीहरुको समस्यामा नेपाली राजदूतावास गम्भीर छ आगामी जुन सम्म ४५०० जनाको भिषा अवधि सक्किँदै छ यद्यपि कोरियन सरकारले ५० दिनको भिषा थपिदिए ता पनि त्यो पछि के गर्ने भन्ने अन्योलमा छन् नेपालमा लकडाउन लम्बिदै जानु र यता अवधि पनि सक्किन लाग्दा पक्कै कतै अवैधानिक हुने त होइन भन्ने भान हुनु स्वभाविक हो तर दूतावासले कोरियाको कुटनीतिक निकाय संग पहल गरिरहेको छ र नेपाल र कोरियामा हवाई उडान नहुन्जेल सम्म बैधानिक रूपमा कोरियामा बस्न पाइने व्यवस्थाका लागि नेपाल सरकारले सहजीकरण गरिरहेको छ त्यस्तै नेपाल जान चाहनुहुने व्यक्तिहरू नेपाल सरकारले विदेश बाट आएका आफ्ना नागरिक लाई उचित व्यवस्थापनका लागि प्रदेश सरकार तथा सम्बधित निकायसँग वार्ता भइरहेको र नेपाल सरकार बाट चार्टर्ड हवाई उडान अनुमति पाएको खण्डमा दूतावासले आवश्यक कदम अगाडि बढाउने दूतावास श्रोतको भनाई छ । त्यस्तै नेपाल जान चाहने नेपाली नागरिक कति छन् डाटा कलेक्सन गरेर दूतावासमा बुझाउन आग्रह पनि गरेको छ।
कस्तो छ परराष्ट्रमन्त्रालयको आगामी योजना
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ का कारण रोजगारी गुमाएर तथा भिसा सकिएर अलपत्र परेका नेपाली नागरिकलाई प्राथमिक आधारमा स्वदेश फर्काउन सरकारले तयारी थालेको बताए त्यसै स्वदेश आइसकेपछि सरकारकै निगरानीमा क्वारेन्टाइन व्यवस्थापनको निमित्त सरकारले सम्बन्धित निकायसँग छलफल गरिएको जानकारी गराए।

नेपालीलाई फर्काउने विषयमा अध्ययन गर्न परराष्ट्र मन्त्रालयको नेतृत्वमा सरोकारवाला सहभागी रहेको टोली गठन गरिएको उहाँको भनाइ छ । विदेशमा समस्यामा परेका नेपालीको तथ्याङ्क सङ्कलन शुरु भइसकेको, तत्कालै ल्याउनुपर्नेको हकमा प्राथमिकताको आधार छुट्याइएको र आवश्यक प्रबन्ध मिलाएर स्वदेश फिर्ता गरिने मन्त्री ज्ञवालीले बताए ।
लेखक रन्जन कुँवर नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष हुनुहुन्छ ।


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...