Tuesday 27th October 2026

कुवेतमा आज सम्म ७८ नेपाली सहित ४६१९ जनामा कोरोना संक्रमण,३३ जनाको मृत्यु


हरि कृष्ण न्यौपाने – कोरोना भाईरस(कोभिड-१९)बाट कुवेतमा मेई-२ तारिक शनिबार सम्म ७८ नेपाली सहित ४६१९ जना संक्रमित भएका छन।कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घन्टामा २४२ जनामा कोरोना संक्रमण देखिएको हो, जसमा ३ नेपाली सहित ७८ जना भारतिय नागरिक रहेका छन।यसै गरि पछिल्लो २४ घन्टामा ४३ बर्षिय बंगालादेशी, ३४ बर्षिय भारतिय र ७१ बर्षिय जोर्डनियन नागरिकको मृत्यु भएको छ भने कुवेतमा अहिले सम्म कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ।यसै गरि पछिल्लो २४ घन्टामा १०१ जनाले स्वास्थ्य लाभ गरेका छन।
केही दिन देखिको पछिल्लो प्रकाशित सरकरी डाटा हेर्दा अधिकांश संक्रमित आप्रबासीहरु रहेको देखिन्छ भने त्यसमा पनि भारतियहरु अत्याधिक रहेका छन।त्यसैले अहिले आप्रवासी कामदारहरु रहेका बासस्थानहरुमा कुवेत सरकारले विशेष निगरानी राखी रहेको छ।
आज प्रकाशि समाचारमा जनाईए अनुसार जम्मा ४६१९ संक्रमित मध्ये ६९ जना गम्भीर अबस्थामा रहेको जनाइएको छ भने अहिले सम्म १७०३ जनाले स्वास्थ्य लाभ गरिसकेका छन।


सम्बन्धित शीर्षकहरु

भारतविरोधी राष्ट्रवादको युग सकिएको टिप्पणीप्रति आलोचना, मन्त्रीको अभिव्यक्तिले नेपालको कूटनीतिक संवेदनशीलतामाथि प्रश्न उठायो काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतमा आयोजित…

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले प्रभावशाली प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले…

यस वर्षको दसैं अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको ज्यान गएको छ भने झन्डै तीन हजार जना घाइते…

प्रतिकृयाहरू
...