Monday 6th May 2024

कुवेतमा आज पनि ६ नेपाली सहित १५२ जनामा कोरोना संक्रमण,१ जनाको मृत्यु


हरि कृष्ण न्यौपाने – कोरोना भाइरस(कोभिड-१९) बाट कुवेतमा अप्रिल-२८ तारिक मंगलबार सम्म ५१ नेपाली सहित ३,४४० जना संक्रमित भएका छन ।

कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घण्टामा १५२ जनामा कोरोना संक्रमण देखिएको हो, जसमा ६ नेपाली सहित ६४ जना भारतिय नागरिक रहेका छन। यसै गरि पछिल्लो २४ घण्टामा ६१ बर्षिय भारतीय नागरिकको मृत्यु भएको छ, भने कुवेतमा अहिले सम्म कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ। यसै गरि पछिल्लो २४ घन्टामा १६४ जनाले स्वास्थ्य लाभ गरेका छन ।

केही दिन देखिको पछिल्लो प्रकाशित सरकारी डाटा हेर्दा अधिकांश संक्रमित आप्रवासीहरु रहेको देखिन्छ, भने त्यसमा पनि भारतियहरु अत्याधिक रहेका छन। त्यसैले अहिले आप्रवासी कामदारहरु रहेका बासस्थानहरुमा कुवेत सरकारले विशेष निगरानी राखी रहेको छ।
आज प्रकाशि समाचारमा जनाईए अनुसार जम्मा ३,४४० संक्रमित मध्ये ६४ जना गम्भीर अबस्थामा रहेको जनाइएको छ, भने अहिले सम्म १,१७६ जनाले स्वास्थ्य लाभ गरिसकेका छन।


सम्बन्धित शीर्षकहरु

एजेन्सि- इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच इजिप्टमा भएको वार्ता निष्कर्षविहीन भएको छ । वार्ता निष्कर्षविहीन हुनुको दोष इजरायली प्रधानमन्त्री…

ब्राजिलको दक्षिणी भेगमा भारी वर्षापछि आएको बाढीमा परेर ७५ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । बाढीमा परेर १०३ जना अझै…

सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उप्न्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष…

प्रतिकृयाहरू
...