Thursday 10th September 2026

कुवेतको समस्या सिधै परराष्ट्र मन्त्रीको कानमा


तोयानाथ उपेक्षित, एनआरएनए सचिवालयको पहलमा परराष्ट्रमन्त्रीसँग प्रदिप ज्ञावलीसँग विश्वका बिभिन्न १८ देशका एनसीसीहरुले आज प्रेस कन्फ्रेन्स मार्फत सिधा कुरा गरेका छन । आफु कार्यरत देशमा रहेका समस्याहरु राख्ने क्रममा कुवेत का तर्फबाट गैर आवासिय नेपाली सँघ एनसीसी कुवेतका अध्यक्ष सुजन केसीले बोल्नु भएको एनसीसीले जनाएको छ ।

कोभिड १९ ले विश्वमा पारेको असरका सन्दर्भमा कुवेतका समस्याहरु राख्दै अध्यक्ष सुजन केसीले भन्नुभयो कुवेतबाट निशुल्क रुपमा स्वदेश फिर्ता जान पाउने ईलिगल नेपालीहरुलाई ग्रहण गर्न ढिला गर्न नहुने मा जोड दिनु भएको थियो । दुई दिनमा ३ हजार नेपालीले ट्राभल डकुमेन्ट लिईसकेको र अरु ३ दिन को बाकी समयमा थप ३ हजार हुन सक्ने भन्दै केसीले त्यसमा पनि महिला र बालबच्चाहरुको संख्या धेरै भएकाले सरकारले उनीहरुलाई नेपाल व्यवस्थापन गर्न गंभिर बनोस भन्नु भएको थियो ।

कुवेतमा ४५ जना नेपालीहरु कोभिडबाट संक्रमित भैसकेको र हजारौले आफ्नो नोकरी गुमाएको भन्दै लकडाउनको दुई महिनामा नै ठुलो संख्यामा विचल्लिमा पर्नेहरु एनआरएनको सम्पर्कमा आएको समेत जानकारी गराउनु भएको थियो । राहत एनसीसी ले बाढेको भए पनि सधै यो सम्भव नहुने एउटा कुरा छ भने अर्को जागिर लाई विट मारेर बस्दा बस्दै लक डाउनमा फसेका, करार अवधी सिद्धिएका, जागिर बाट निकालिएका, बेतलबी हुन परेका वा तलब र जागिर नै कटौतीमा पर्नेहरुको ठुलो संख्या फर्कने तयारीमा रहेकाले सरकारले उनीहरुलाई के कसरी व्यवस्थापन गरेर लाने भन्नेमा गंभिर हुन अनुरोध गर्नु भएको थियो ।

कुवेतमा अन्य सँघसँस्थाहरु र दुतावाससँग समन्वय गरेर एनसीसी ले नेपालीहरु लाई कोही साहारा नभएको महसुस हुन नदिएको पनि प्रष्ट पार्नु भएको थियो ।

अध्यक्ष केसी का अनुसार परराष्ट्र मन्त्री ले कन्फ्रेन्समा सवै को कुरा सुनिसकेपछि जवाफ दिने क्रममा सरकारले ईलिगलहरुले पाएको मौकाको फाईदा उठाउन भनेर दुतावास मार्फत उनीहरुको दर्ता प्रक्रिया लगायतको आवश्यक सवै कानूनी काम गर्न निर्देशन दिईसकेको बताउनु भएको थियो । उहाँले नेपालमा उनीहरुको व्यवस्थापनका लागि क्वारेन्टाईन लगायतका तयारीका लागि केही समय चाहिने भएको ले सम्बन्धित देशसँग आफ्नो देश का नागरिकको पालो पछाडी आवोस भन्ने सरकारको ईच्छा रहेको बताउनु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

जोर्डनस्थित अमेरिकी सैन्य हवाई अड्डा Muwaffaq Salti Air Base मा राति भएको इरानी ब्यालिस्टिक मिसाइल हमलामा अमेरिकी सेनाका एक A-10…

फिलिपिन्सको पालावान प्रान्तस्थित लोकप्रिय पर्यटकीय गन्तव्य कोरोन नजिक यात्रुवाहक फेरी एमभी जुन एस्टर (MV June Aster) मा आगलागी हुँदा कम्तीमा…

बेलायत, फ्रान्स, क्यानडा लगायत १२ देशले वेस्ट बैंकस्थित इजरायली बस्तीबाट हुने व्यापारमा प्रतिबन्ध लगाएका छन्। यसको जवाफमा इजरायलले पूर्वी जेरुसेलमस्थित…

प्रतिकृयाहरू
...