Friday 3rd May 2024

कुवेतबाट आममाफीमा घर फर्किन को र कसरी पाउने ?


हरि कृष्ण न्यौपाने-कुवेत सरकारले आवासीय भिसा उल्लंघन गरेका (Residency violators) हरूलार्इ आममाफी दिने निर्णय गरेको छ।आममाफी सम्बन्धि उक्त सूचना र तोकिएको समय तालिका अनुसार भोलि अप्रिल २६ देखि ३०, २०२० सम्म नेपाली नागरिकहरूका लागि आवेदन भर्ने अवधि तोकिएको छ।
को-को जान सक्छन?
१)फेब्रुअरी २९ ,२०२० सम्म भिसा समाप्त भएका इच्छुक अबैधानिक नेपाली नागरिकहरूले यो सुबिधा लिन सक्नेछन।
२)स्पोन्सरबाट भागेको(अबस्क्यान्डिङ) केष मात्र भएका।
को-को जान पाउदैनन :-
१)ओरिदो, भिबा(एस्टिसी), जेन लगाएतको फोन वा इन्टरनेटको पैसा तिर्न बाकीहरु जान पाउने छैनन तर अहिलेनै तिर्न सके जान पाउने छन।
२)अल्गानियम, बेस्ट लगायतबाट किस्ताबन्दिमा समान लिएर पैसा तिर्न बाकीहरु जान पाउने छैनन तर अहिलेनै तिर्न सके जान पाउने छन।
३) कुवेतको कानुनले खोजी सुचिमा राखेको वा चोरी तथा अन्य मुद्दाहरु दर्ता भई भागेर काम गरिरहेका तथा जेलमा सजाय भोगिरहेकाहरु जान पाउने छैनन।
नाम दर्ताका लागि के चाहिन्छ ?
१) म्याद बाँकि रहेको (valid) सक्कल नेपाली राहदानी भएकाहरूले आफ्नो व्यक्तिगत सामानहरू सहित थप निर्देशन नआउँदा सम्म तोकिएको सेल्टरमा बस्न तयार हुने गरी तल उल्लिखित केन्द्रमा सिधै जानसक्ने । २) सक्कल नेपाली राहदानी, नेपाली नागरिकताको प्रमाणपत्र, सिभिल आर्इ. डी. नभएका तर फोटोकपी भएकाहरूको हकमा उल्लिखित कागजातहरूको प्रतिलिपि तथा चार प्रति पासपोर्ट साइज फोटो लिर्इ ट्राभल डकुमेन्ट (Travel Document) का लागि जिलिब-हसबियामा बस्नेहरु नाम दर्ता स्थानमै आवेदन दिन सक्ने छन।अन्य क्षेत्रमा बस्नेहरुले तल दिएको तालिका अनुसार नेपाली दूताबास जानू पर्ने छ। ३)कुनै कागज नभएकाहरूको हकमा फिंगर प्रिन्टको आधारमा कुवेती अध्यागमनले दिने फिंगर प्रिन्ट रिपोर्ट प्राप्त गरेर मात्र चार प्रति पासपोर्ट साइज फोटो सहित ट्राभल डकुमेन्ट (Travel Document) को लागि जिलिब-हसबियामा बस्नेहरुले नाम दर्ता गर्ने स्थानमै आवेदन दिन सक्नेछन भने अन्य क्षेत्रहरू बस्नेहरुले तोकिएको तालिका अनुसार नेपाली दूताबास जानू पर्ने छ।
नेपाली राजदूताबासले निकालेको सुचना र पछिल्लो अपडेटहरु निम्न रहेका छन।
२४ घन्ट लकडाउनमा रहेका जिलिब हसविया क्षेत्रमा बस्नेहरूका लागि मात्र सिधै नाम दर्ता गर्ने ठाउमा जान सकिने बताईएको छ भने अन्य क्षेत्रकाले भने समयाबधी नसकिएका पासपोर्ट भएका बाहेक सबैले राजदूताबास जाबृयाबाट बिहान ९ बजे देखि दिनको १ बजे सम्म यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट ) लिनु पर्ने हुन्छ र फरक-फरक ठाउमा बस्नेका लागि फरक-फरक निम्न मिति तोकिएको छ क)शनिबार, २५ अप्रिल २०२०- फर्वानिया, खैतान, सुएख, रिगाइ तथा कुवेत सिटिमा बस्ने नेपालीहरूका लागी( नेपाली राजदूताबास कुवेतबाट ४१८ जनाले ट्राभल डकुमेन्ट लिएको एनआरएनए कुवेतका महासचिब दिल कुमार पाख्रिनले बताए। ख)आइतबार, २६ अप्रिल २०२०- फाहाहिल, मंगाफ, फिन्तास, अबुहलिफा, सुकसभा बस्ने नेपालीहरू:-
नेपाली समाज कुवेतले नेपाली राजदूताबास सम्म जाने यातायातको ब्यबस्था गरेको:- गाडि लाग्ने समय ,स्थान – मङ्गाफको छाप्प्रा मस्जिद ९:३० बजे र फाहाहिलको लागि NBK bank अगाडी ९:४५ बजे। सम्पर्कका लागि- निर्मल स्याङ्ताङ -50353089 इमो,जय नारायण थारु -65993650 ह्वाट्स्प,कोमल अधिकारि -65683153 इमो
ग)सोमबार, २७ अप्रिल २०२०-ओफ्रा, अवदलि, जाहरा, सालमिया, हवाली क्षेत्रमा बस्ने नेपालिहरु घ)मंगलबार २८ अप्रिल देखि ३० अप्रिल सम्म अन्य क्षेत्रमाबस्ने र छुटेका नेपालीहरु । ङ)जिलिप हसबिय लकडाउन क्षेत्रमा बस्ने नेपालिहरुले सहयोग र नाम दर्ताको लागि NRNA महिला सम्योजक-रमिता योन्जन-96976397,NRNA मध्यपुर्ब महिला सम्योजक – सुमित्रा देबि पौडेल 55033440,NRNA- बैदेसिक रोजगार बिभाग प्रमुख उमेस पुडासैनी-65810893 र NRNA सदस्य – दामोदर बटाला -65905051लाई सम्पर्क गर्न सक्नु हुनेछ। च)महाबुल्ला लकडाउन क्षेत्रमा बस्ने नेपालिहरुले सहयोग र नाम दर्ताको लागि केशर तामाङ घलान-65984258,सितमान तामाङ- 65963378,डम्बर रिमाल- 65786166, राज मल्ल-60067572 र निहा राइलाइ 66180270 ह्वाटसपमा सम्पर्क गर्नुहोला र निशुल्क ट्रान्स्पोर्टका लागि रोहन श्रेष्ठ-60909668

नाम दर्ताका लागि जाँदा आफ्नो समान सामान/लगेज २० के.जी र ह्याण्डक्यारी ७ के.जी नबढ्ने गरी निम्न स्थानमा जानू पर्ने छ तर दूतावास जाँदा सामान लिएर नजानू होला।
१)जिलिब-हसबिया बस्नेहरुका लागि :- पुरूषहरु:-जिलिब अल-सुएख, नयिम बिन मसुद स्कूल- बोइज, ब्लक ४, स्ट्रिट २५०(Jleeb Al-Shuyoukh, Naeem Bin Masoud School- Boys, Block 4, Street 250)
महिलाहरु:-जिलिब अल- सुएख, रूफाइदा अल – अस्लामिया प्राइमरी- गर्ल्स, ब्लक ४, स्ट्रिट २००(Jleeb Al-Shuyoukh, Rufaida al-Aslamia Primary School- Girlss, Block 4, Street 200)

२) जिलिब हसविया क्षेत्र बाहेकका अन्य सबै क्षेत्रमा बस्नेहरूका लागि:-
पुरूषहरु:फर्वानिया गभर्नरेट- अल – मुथान्ना प्राइमरी स्कूल- बोइज, बल्क १, स्ट्रिट १२२ (Farwaniya Governorate-Al-Muthanna Primary School- Boys, Block 1, Street 122)
महिलाहरु;-फर्वानिया गभर्नरेट-फर्वानिया प्राइमरी स्कूल- गर्ल्स, बल्क १, स्ट्रिट ७६ (Farwaniya Governorate-Farwaniya Primary School-Girls, Block 1, Street 76) #जिलिब-हसबिया बस्ने बाहेक अन्य क्षेत्रहरू बस्नेहरुले राहदानी भएका सिधै र राहदानी नभएकाहरू नेपाली राजदूतावासबाट ट्राभल डकुमेन्ट प्राप्त गरी सकेपछि मात्र जानुपर्नेछ। #बच्चा भएकाहरु र अन्य कुनै जानकारिका लागि नेपाली राजदूताबास कुवेतको हटलाइन नं-98869121 मा सम्पर्क गर्नु होला भने दूतावासको ठेगाना जाबृया ब्लक-८, स्ट्रेट-१३, बिल्डिङ-५१४


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...