Thursday 20th August 2026

कुवेतमा २१ नेपाली सहित १९१५ जना कोरोना संक्रमित


हरि कृष्ण न्यौपाने – कोरोना भाईरस(कोभिड-१९)बाट कुवेतमा अप्रिल-१९ तारिक आइतबार सम्म २१ नेपाली सहित १९१५ जना संक्रमित भएका छन।कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घन्टामा १६४ जनामा कोरोना संक्रमण देखिएको हो भने जसमा ९७ जना भारतिय नागरिक रहेका छन।यसै गरि पछिल्लो २४ घन्टामा ६० बर्षिय भारतिय नागरिकको मृत्यु भएको छ भने कुवेतमा अहिले सम्म कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ।
केही दिन देखिको पछिल्लो प्रकाशित सरकरी डाटा हेर्दा अधिकांश संक्रमित आप्रबासीहरु रहेको देखिन्छ भने त्यसमा पनि भारतियहरु अत्याधिक रहेका छन।त्यसैले अहिले आप्रवासी कामदारहरु रहेका बासस्थानहरुमा कुवेत सरकारले विशेष निगरानी राखी रहेको छ।
आज प्रकाशि समाचारमा जनाईए अनुसार जम्मा १९१५ संक्रमित मध्ये ३८ जना गम्भीर अबस्थामा रहेको जनाइएको छ भने अहिले सम्म ३०५ जनाले स्वास्थ्य लाभ गरिसकेका छन।
यसै गरि अप्रिल १९ तारिक कुवेतको स्थानिय समय दिनको ४:४५ बजे सम्मको बिश्व स्वास्थ्य संगठनले प्रकाशित गरेको तथ्यांकलाइ हेर्दा हाल सम्म बिश्वभर २३ लाख ५८ हजार २ सय ५६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन।जस मध्ये ६ लाख ६ हजार ४ सय ६७ जना संक्रमितहरुले स्वास्थ्य लाभ गरेका छन भने १ लाख ६१ हजार ९ सय २ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाई सकेका छन।


सम्बन्धित शीर्षकहरु

मध्य अफ्रिकी गणतन्त्र (CAR) को पश्चिमी क्षेत्र जाम्बोईस्थित सुन खानी क्षेत्रमा गएको पहिरोमा १०० भन्दा बढी मानिसको मृत्यु भएको छ।…

रूसले बिहीबार राति युक्रेनको राजधानी किभ र आसपासका क्षेत्रमा गरेको व्यापक मिसाइल तथा ड्रोन आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध “अहिलेसम्मकै सबैभन्दा कडा आर्थिक अभियान” घोषणा गरेका छन्। उनले इरानसँग व्यापार वा आर्थिक सम्बन्ध राख्ने…

प्रतिकृयाहरू
...