Tuesday 27th October 2026

कुवेत अपडेट: १५ नेपाली सहित १५२४ जना कोरोना संक्रमित


तितोपाटी – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) १५ नेपाली सहित १५२४ जना संक्रमित भएको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कुवेतमा कोरोना भाइरस दिनहुँ बढ्दै छ । पछिल्लो २४ घण्टामा एक नेपाली सहित ११९ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार सबै भन्दा बढी ६८ जना भारतीय नागरिक कोरोना संक्रमित भएका छन ।

कुवेतको स्वास्थ्य मन्त्रालयले दिइएको जानकारी अनुसार जम्मा १५२४ जना संक्रमित मध्ये अहिले सम्म २२५ जनाले स्वास्थ्य लाभ गरिसकेका छन । त्यसैगरी कोरोना भाइरस संक्रमित १२९६ जना उपचाररत छन भने ३२ जनाको स्वास्थ्य निकै गम्भीर रहेको छ । कुवेतमा हाल सम्म ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेमा २ जना कुवेती नागरिक छन भने एक जना भारतीय नागरिक रहेका छन ।

कुवेत सरकारले अहिले माबुल्ला, जलिब लगायतका ठाउमा २४ सै घण्टा कर्फ्यु लगाएको छ भने अन्य ठाउमा बेलुका ५ बजे देखि बिहानको ६ बजे सम्म कर्फ्यु लगाएको छ । सार्वजनिक बस, ट्याक्सी समेत बन्द रहेको छ । केही प्राइभेट कम्पनीमा काम बन्द छ भने केही कम्पनीमा काम चलिरहेको छ ।

कुवेतमा कोरोना भाइरसबाट आप्रवासीहरु बढी संक्रमित भएको स्वास्थ्य मन्त्रालयले प्रकाशित गरेको सरकारी डाटामा उल्लेख छ । सरकारी डाटामा सबै भन्दा बढी भारतीय नागरिक रहेका छन । त्यसैले अहिले आप्रवासी कामदारहरु रहेका बासस्थानहरुमा कुवेत सरकारले विशेष निगरानी राखी रहेको छ ।


सम्बन्धित शीर्षकहरु

यस वर्षको दसैं अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको ज्यान गएको छ भने झन्डै तीन हजार जना घाइते…

कुवेतको आतंकवाद तथा राज्य सुरक्षासम्बन्धी आपराधिक अदालतले इरान र हिजबुल्लाहसँग मिलेर वरिष्ठ सरकारी अधिकारीहरूको हत्या गर्ने षड्यन्त्र रचेको आरोपमा तीन…

नेपाल सरकारले मलेसियासँगको श्रम सहकार्यलाई थप प्रभावकारी, पारदर्शी र श्रमिकमैत्री बनाउन कूटनीतिक पहल अघि बढाएको छ। परराष्ट्र मन्त्रालयमार्फत युवा, श्रम…

प्रतिकृयाहरू
...