Wednesday 19th August 2026

कुवेत अपडेट: १५ नेपाली सहित १५२४ जना कोरोना संक्रमित


तितोपाटी – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) १५ नेपाली सहित १५२४ जना संक्रमित भएको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कुवेतमा कोरोना भाइरस दिनहुँ बढ्दै छ । पछिल्लो २४ घण्टामा एक नेपाली सहित ११९ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार सबै भन्दा बढी ६८ जना भारतीय नागरिक कोरोना संक्रमित भएका छन ।

कुवेतको स्वास्थ्य मन्त्रालयले दिइएको जानकारी अनुसार जम्मा १५२४ जना संक्रमित मध्ये अहिले सम्म २२५ जनाले स्वास्थ्य लाभ गरिसकेका छन । त्यसैगरी कोरोना भाइरस संक्रमित १२९६ जना उपचाररत छन भने ३२ जनाको स्वास्थ्य निकै गम्भीर रहेको छ । कुवेतमा हाल सम्म ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेमा २ जना कुवेती नागरिक छन भने एक जना भारतीय नागरिक रहेका छन ।

कुवेत सरकारले अहिले माबुल्ला, जलिब लगायतका ठाउमा २४ सै घण्टा कर्फ्यु लगाएको छ भने अन्य ठाउमा बेलुका ५ बजे देखि बिहानको ६ बजे सम्म कर्फ्यु लगाएको छ । सार्वजनिक बस, ट्याक्सी समेत बन्द रहेको छ । केही प्राइभेट कम्पनीमा काम बन्द छ भने केही कम्पनीमा काम चलिरहेको छ ।

कुवेतमा कोरोना भाइरसबाट आप्रवासीहरु बढी संक्रमित भएको स्वास्थ्य मन्त्रालयले प्रकाशित गरेको सरकारी डाटामा उल्लेख छ । सरकारी डाटामा सबै भन्दा बढी भारतीय नागरिक रहेका छन । त्यसैले अहिले आप्रवासी कामदारहरु रहेका बासस्थानहरुमा कुवेत सरकारले विशेष निगरानी राखी रहेको छ ।


सम्बन्धित शीर्षकहरु

फेसबुक र इन्स्टाग्रामको मातृकम्पनी मेटामाथि आफ्ना सामाजिक सञ्जाल प्लेटफर्महरू युवालाई लत लाग्ने गरी डिजाइन गरेको आरोपमा अमेरिकामा मुद्दाको सुनुवाइ सुरु…

मध्यपूर्वमा जारी तनाव थप चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कुनै वार्ता नभएको र भविष्यमा पनि कुनै वार्ताको तालिका…

मध्यपूर्वमा तनाव थप बढ्दै गएको छ। यूएईको रक्षा मन्त्रालयका अनुसार इरानबाट प्रक्षेपित दुईवटा ब्यालिस्टिक मिसाइल यूएइको हवाइ क्षेत्रमा देखिएका छन्।…

प्रतिकृयाहरू
...