Sunday 19th May 2024

कुवेतमा कार्यरत नेपाली श्रमिकहरुका लागि राहत कोष अत्यावश्यक


हरि कृष्ण न्यौपाने- बिश्व अहिले कोरोनाको संक्रमणबाट अस्त ब्यस्त छ।कुवेतमा पनि कोरोना संक्रमण रोक्नका लागि गरिएको लामो बन्दा-बन्दी(लकडाउन)का कारण यहाँ कार्यरत नेपाली कामदारहरुको दैनिकी दिन प्रती दिन संघर्षमय र आर्थिक रुपमा कमजोर बन्दैछ।कुवेतको महाबुल्ला र जिलिबका क्षेत्रहरू २४ घन्टे निगरानी र लकडाउनमा छन भने कुवेत भर अत्यावश्यक वाहेक सबै क्षेत्रमा कार्यरत श्रमिकहरु घर बस्न बाध्य छन।केही कम्पनिहरुले आफ्नो कामदारहरुलाइ पुरा पारिश्रमिक दिए पनि अधिकांश कम्पनीहरुले १५ देखि ५० प्रतिशत पारिश्रमिक कटौती गरेका छन। केही नेपाली कामदारहरुले त फेब्रुअरी देखिको पारिश्रमिक नपाएको अबस्था पनि छ।

अप्रिल १४ तारिक महाबुल्लाबाट एउटा म्यासेज आयो।एक जना नेपालीलाई ७ महिना देखिको तलब नदिएको र कोरोनाको कारण अहिले कम्पनी बन्द भएको भन्दै बिच सडकमा लछारपछार पार्दै छोडिएको छ, उद्धार गरिदिनु पर्यो।यसरी २४ घन्टे लकडाउन क्षेत्रमा बिचल्लीमा परेका मोरोङका सोम प्रसाद दाहाललाई करिब ४-५ घन्टाको अनुनय-बिनय पछि नेपाली राजदूताबासले उसको समानको पोको सहित उद्धार गर्यो।अप्रिल १५ तारिक फर्वानियाबाट एउटा क्लिनिङ कम्पनिमा आएका नयाँ नेपाली दिदिबहिनिहरुले खानाको लागि पनि समस्या परेकोले सहयोग गर्न अनुरोध गर्दै ११ जनाको नामावली पठाए।यस्तै लामो समय देखि कुवेतमा कपडा अनि मेकअप पसलमा कार्यरत झापाकी एक चेलिले फेब्रुअरी देखि पारिश्रमिक नपाएको र बस्ने घरमा भाडा तिर्ने कसरी अनि के खाने भन्ने तनबमा आफूहरु रहेको बताइन।त्यस्तै ३/४ दिन अघि केही नेपालिहरुले रेस्टुरेन्ट बन्द भए पछि आफूहरु भोकै परेको गुनासो आए पछि साल्मियाबाट मनकारी मित्रहरुले अर्दियामै पुगेर केही दिनलाई खानाको जोहो गरिदिए।त्यस्तै एनआरएन एनसिसी कुवेतले अत्यान्तै अफ्ट्यारोमा परेकालाई केही दिनको लागि खाद्यान्न बितरण गर्न शुरु गरेको बताईएको छ।
माथि उल्लेखित घटना र पात्रहरु प्रतिनिधि मात्र हुन।अहिले कुवेतमा लामो लकडाउनका कारण हजारौ नेपाली कामदारहरु समस्यमा पर्न शुरु गरेका छन।केही साना तथा ब्यक्तिगत लगानिमा खुलेका रेस्टुरेन्ट, पार्लर, मार्केटहरुले नेपालीहरुलाई कामवाट निकालि सकेका छन।केहि को त भिसा सकिएको छ भने कम्पनिले नयाँ सिभिल आइडिको ठाउमा टर्मिनेशन पत्र दिएको छ। दिनभर सडकमा गुडेर बेलुका छाक टार्ने ट्याक्सी चालकहरुलाई खानाको साथमा ट्याक्सीको किस्ता तिर्ने समस्याले छोपी सकेको छ।अझ सधैं लुकेरै काम गर्ने अबैधानिक दाजुभाइ -दिदिबहिनीहरुको हालत कस्तो होला?अझै कोरोना संक्रमण नियन्त्रणका लागि कति दिन यसरी लकडाउनमा बस्नु पर्ने होला कसैले भन्न सक्ने अबस्था छैन।कुवेत सरकारले अप्रिल २६ तारिक २०२० बाट कार्यालयहरु खोल्ने भने पनि अहिलेको संक्रमितको बढ्दो क्रमलाई हेर्दा त्यसो नहुन सक्ला।
कुवेतमा नेपाली राजदूताबास देखि एनआरएनए लगायत करिब ७० वटा नेपाली संघ-संस्थाहरु छन।यी संस्थाहरु मध्ये केहि नेपाली राजनितीक आस्थाका आधारमा त कोहि जातिय वा क्षेत्रीय वा साँगितिक वा समाजिक वा खेलकुदका लागि खोलिएका हुन।अहिले धेरै नेपाली कामदारहरुलाई समस्या पर्न सक्ने अवस्था शृजना हुन लाग्दा समेत कोहि पनि संघ-संस्थाका प्रतिनिधिहरुले र राजदूतावासले अत्यावश्यक परेका नेपालिहरुका लागि बस्ने र खाने ब्यबस्थापनका लागि राहत कोष खडा गर्ने बारे मुख खोलेका छैनन।अहिले सम्मको लामो लकडाउन र नेपाली कामदारहरुलाइ देखिन थालेको गम्भीर समस्याहरु बिकराल नहुँदै यस अबस्था बारे गम्भीर छलफल गरि यदि समस्स्या परेको अबस्थामा आपतकालिन प्रयोगका लागि भनेर सबै मिलि आपातकालिन राहत कोष बनाउन आबश्यक देखिन्छ।यसको लागि कुनै एउटा संस्था वा बिभिन्न क्षेत्रका ब्यक्तिहरुले जिम्मेवारी बहन गरौं।पहिले पनि विभिन्न राहत -उद्दार तथा प्राकृतिक प्रकोपका बेला एक भएको नेपाली समाज कुवेत पुन: एक हुँदै हातेमालो गर्दै आपतकालीन अबस्थामा पुग्न लागेका नेपाली कामदारहरुको लागि जुट्नु पर्ने भएको छ।”एक थुकी सुकि-सय थुकी नदि” भने जस्तो तपाई, म र हामी सबै मिलि संस्थागत वा ब्यक्तिगत साथ सहयोग र सद्भाव बटुल्न ढिलो नगरौं ।आजै बाट शुरु गरौं, सबैले सकेको ठाउबाट तन, मन र धनबाट सहयोग गरौं।कोरोना संक्रमणबाट हुन सक्ने खाना र बस्नको समस्या समाधानका लागि राहत कोष खडा गरौं।


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...