Sunday 19th May 2024

कुवेत अपडेट: १४ नेपाली सहित १४०५ जना कोरोना संक्रमित


तितोपाटी – कुवेतमा कोरोना भाईरस (कोभिड-१९) १४ नेपाली सहित १४०५ जना संक्रमित भएको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घण्टामा ५० जनामा कोरोना संक्रमण देखिएको छ । जसमा ३१ जना भारतीय नागरिक  रहेका छन । त्यसैगरी आज पनि थप एक नेपाली सहित कोरोना संक्रमित नेपालीको संख्या १४ पुगेको छ ।

कुवेतको स्वास्थ्य मन्त्रालयले दिइएको जानकारी अनुसार आजसम्ममा जम्मा १४०५ जना संक्रमित मध्ये अहिले सम्म २०६ जनाले स्वास्थ्य लाभ गरिसकेका छन । त्यसैगरी कोरोना भाइरस संक्रमित ११९६ जना उपचाररत छन भने ३१ जनाको स्वास्थ्य निकै गम्भीर रहेको छ । कुवेतमा हाल सम्म ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेमा २ जना कुवेती नागरिक छन भने एक जना भारतीय नागरिक रहेका छन ।

कुवेतको स्वास्थ्य मन्त्रालयले प्रकाशित गरेको सरकारी डाटामा अधिकांश संक्रमित आप्रबासीहरु रहेको देखिन्छ । सरकारी डाटामा सबै भन्दा बढी भारतीय नागरिक रहेका छन । त्यसैले अहिले आप्रवासी कामदारहरु रहेका बासस्थानहरुमा कुवेत सरकारले विशेष निगरानी राखी रहेको छ ।


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...