Thursday 10th September 2026

कुवेत अपडेट: १२ नेपाली सहित १३०० जना कोरोना संक्रमित


तितोपाटी – कुवेतमा कोरोना भाईरस (कोभिड-१९) १२ नेपाली सहित १३०० जना संक्रमित भएको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घण्टामा ६६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा सबै भन्दा बढी ४० जना भारतीय नागरिक रहेका छन भने एक जना नेपाली नागरिकमा पनि पुष्टि भएको छ ।

आज प्रकाशित समाचारमा जनाइए अनुसार जम्मा १३०० जना संक्रमित मध्ये अहिले सम्म १५० जनाले स्वास्थ्य लाभ गरिसकेका छन । कोरोना संक्रमित ११४८ जना अस्पतालमा उपचाररत छन भने  २६ जनाको स्वास्थ्य निकै गम्भीर रहेको छ । कुवेतमा हाल सम्म दुई  जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

कुवेतको स्वास्थ्य मन्त्रालयले प्रकाशित गरेको सरकारी डाटामा अधिकांश संक्रमित आप्रबासीहरु रहेको देखिन्छ । सरकारी डाटामा सबै भन्दा बढी भारतीय नागरिक रहेका छन । त्यसैले अहिले आप्रवासी कामदारहरु रहेका बासस्थानहरुमा कुवेत सरकारले विशेष निगरानी राखी रहेको छ ।


सम्बन्धित शीर्षकहरु

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

बङ्गलादेशमा फैलिएको दादुराको (मिजल्स) प्रकोपका कारण हालसम्म १,००२ बालबालिकाको मृत्यु भएको छ। मार्चदेखि सुरु भएको यो प्रकोपमा १ लाख ८७…

प्रतिकृयाहरू
...