Friday 2nd October 2026

कुवेतमा ११ नेपाली सहित १२३४ जना कोरोना संक्रमित


हरि कृष्ण न्यौपाने – कोरोना भाईरस(कोभिड-१९)बाट कुवेतमा अप्रिल-१२ तारिक आइतबार सम्म ११ नेपाली सहित १२३४ जना संक्रमित भएका छन।कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घन्टामा २ नेपाली सहित ८० जनामा कोरोना संक्रमण देखिएको हो भने जसमा ४२ जना भारतिय नागरिक रहेका छन।
केही दिन देखिको पछिल्लो प्रकाशित सरकरी डाटा हेर्दा अधिकांश संक्रमित आप्रबासीहरु रहेको देखिन्छ भने त्यसमा पनि भारतियहरु अत्याधिक रहेका छन।त्यसैले अहिले आप्रवासी कामदारहरु रहेका बासस्थानहरुमा कुवेत सरकारले विशेष निगरानी राखी रहेको छ।
आज प्रकाशि समाचारमा जनाईए अनुसार जम्मा १२३४ संक्रमित मध्ये २९ जना गम्भीर अबस्थामा रहेको जनाइएको छ भने अहिले सम्म १४२ जनाले स्वास्थ्य लाभ गरिसकेका छन।कुवेतमा हाल सम्म एक जना भारतिय नागरिकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
यसै गरि अप्रिल १२ तारिक कुवेतको स्थानिय समय दिनको ४ बजे सम्मको बिश्व स्वास्थ्य संगठनले प्रकाशित गरेको तथ्यांकलाइ हेर्दा हाल सम्म बिश्वभर १७ लाख ९५ हजार ७ सय ४७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन।जस मध्ये ४ लाख ११ हजार 9 सय ४० जना संक्रमितहरुले स्वास्थ्य लाभ गरेका छन भने १ लाख १० हजार ५ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाई सकेका छन।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले इरान नजिकको क्षेत्रमा अर्को युद्धपोत, हजारौं सैनिक र लडाकु विमान पठाउने निर्णय गरेको छ। यससँगै त्यस क्षेत्रमा अमेरिकी सैन्य…

अफगानिस्तानमा लामो समयदेखिको खडेरी र पानी अभावले जनजीवन संकटमा परेको छ। देशका आधाभन्दा बढी क्षेत्र प्रभावित भएका छन् भने १…

अमेरिकाको कर्नेल विश्वविद्यालयमा एक महिलामाथि भएको भनिएको सामूहिक बलात्कार घटनाको अनुसन्धानका लागि न्युयोर्क राज्यकी महान्यायाधिवक्ता लेटिशिया जेम्सलाई विशेष अभियोजक नियुक्त…

प्रतिकृयाहरू
...