Sunday 19th May 2024

लकडाउनको समयमा फुड डेलिभरी एप्स प्रयोग गर्नु उत्तम र सुरक्षित


आर.बि.बुढाथोकी- शहरी ईलाकामा बस्नेहरुका लागि अहिले फुडडेलिभरी एप्स मार्फत खाना अडर गरेर खानु उचित र सुरक्षित मानिन्छ। होटल रेस्टुरेन्टमा गएर नियमित खाना खाने बानी बसेका ग्राहकहरुका लागि भनेर नेपालमा बिभिन्न फुड डेलिभरी एप्सहरु उपल्ब्द्द छन। यस्ता एप्स डाउन लोड गरेर आफुले चाहेको खाना घर मै बसी बसी अडर गर्न सक्नु हुन्छ र यो बानीले तपाईंलाई यो बिसम पेरिश्थितीमा सुरक्षित पनि हुन्छ । देशभरका होटल रेस्तुरेन्ट केही पूर्ण रुपमा बन्द भएता पनि केही भने अहिले पनि सिमित कर्मचार राखेर चलाई रहेको अबस्था छ । पकाएको खाना मात्र नभै बिभिन्न घरका लागि अती अबस्यक बस्तुहरुको पनि प्रसस्त एप्स भेट्न सकिन्छ। जुन संघ सस्था तथा पसलहरुले पास लिएर तपाईंको घरमा सुरक्षित समान डेलिभरी गर्दिन्छन ।

सुरक्षाको हिसाबले पनि अहिले बाहिर भिडभाडमा जानु उचित मानिन्न । निश्चित समयका लागि मात्र स्थानिय पसलहरु खुल्ने भएकोले त्यही समयमा एक साथ अत्यधिक भिड भएको सर्बर्त्र देखिन्छ त्यसैले यो अवस्थाबाट जोगिन आफुले चाहेको सम्पूर्ण सामाग्रीको सुची बनाएर एप्स मार्फत अनलाइन अडर गर्नु बुद्धिमानी मानिन्छ। एकै मुल्यमा पाइने यस्ता समान किन्न जोखिम मोल्नु भन्दा अनलाई मार्फत अडर गर्दा आफु र आफ्नो परिवारलाई सुरक्षित मानिन्छ । बिस्वपरिबेसमा पनि अहिले यो ट्रेन खुब चलेको छ जसले गर्दा देश,समाज,परिवारलाई योगदान पुग्ने हुन्छ। यो बिसम परिस्थितीको घडीमा संयम भएर तडक भडको दैनिक पनि उचिन मानिन्न। उचित सामान मात्र सन्कलन र आफु र आफ्नो परिवारलाई पर्याप्त समान मात्र अडर गर्नु रामो मानिन्छ । खाना ज्यादा अडर गरेर सन्चय गरेर राख्नाले अरुलाई पनि समस्या पर्छ भन्ने सोचेर अडर गर्दा राम्रो र बुद्दीमानी मानिन्छ। आफुले अनलाईबाट अडर गरेको पाकेको या कच्चा कुनै पनि खाना कत्तिको सुरक्षित आफ्नो घरमा आइपुगेको छ त्यो पनि निगरानी गर्नु उचित हुन्छ ।
यदी तपाईंलैको मोबाईलमा एप्स छैन भने फोन गरेर पनि सहज रुपमा आफुले चाहेका समान तथा खाना सजिलै अडर गर्न सकिन्छ। अन्य समयको जस्तो सहज नभएता पनि यो लकडाउनको समयमा पनि यस्ता अनलाईन डेलिभरी कर्ता देशका मुख्य मुख्य शहरमा सकृय नै छन। लक डाउनको समय निच्शित नहुँदा यस्तो बानी बसल्दा उचित र सुरक्षित मानिन्छ । कतिपय अत्ती आबश्य संघ सस्थाहरु जस्तो कि ह्स्पिटल,होटल,बैक,सुपर मार्केट,एम्बेसीहरु,मिडिया हाउस तथा मिडिया कर्मीहरु र कुनै कुनै कर्पोरेट अफिसहरु अहिले पनि चालु हुने हुँदा ति संघ सस्थाका ब्यक्तीहरुले बढी मात्रमा अनलाइन फुड अडर गर्ने बढी देखिएको छ । बिदेशी र बिदेशी संघ सस्थाहरुले पनि अनलाइन मार्फत आफुलाई आबश्यक सम्पूर्ण समान अनलाईन मार्फत मगाउने गरेका छन जसले गर्दा आफ्नो समयको पनि बचत र सुरक्षित पनि रहने महसुस गरेका छन ।यदी तपाईं या तपाईंको परिवारको कुनै सदस्य बिमार हुनुहुन्छ र औषधी लिन जान सक्ने स्थितीमा हुनुहुन्छ भने पनि तपाईंले अनलाइन मार्फत अडर अनुसारको या डक्टरको प्रिक्रिप्सन अनुसार औषधी या मेडिसिन किड्स घर मै डेलिभरी हुन्छ ।

कती देशहरुका नागरिक मानसिक रुपमा मात्र लकडाउन बसे ता पनि अहिलेको अवस्थामा भने प्राय सबै देशहरु मानसिक र शरीरिक दुबै रुपमा लक डाउन अर्थात सेल्फ क्वारनटाइमा छन र यो अवस्थामा सबैलाई एउटै समया छ त्यो हो खाना को । बिहान के खाने दिउसो के खाने, बेलुका के खाने यि प्राय सबैका समान समस्या हुन । त्यसले एप्स हेरेर मेनु सेलेक्सन गरी अनलाइन मार्फत आफुले चाहेको खाना तथा समान सहज रुपमा उत्तिकै प्राइसमा अडर गर्न सकिन्छ र परिवारमा सहज रुपमा दिन ब्यतित गर्न सकिन्छ । अहिलेको यो अवस्थामा झोलिलो मोलिलो,सादा,सब्जी,फल फुल,कागती,सुन्तला,अङ्गुर,अनार जस्ता बस्तु बढी प्रयोग गर्नु उचित छ । माछा मासु,फास्ट फुड तथा सुख्खा चिजहरु कम नै खादा राम्रो मानिन्छ । पटक पटक पानी पिउनु र शरीरमा इम्युनिटी पावर घटाऊने कुनै पनि खाना नखादा र अडर नगर्दा राम्रो हुन्छ । मादक पदार्थ लिन बानी छ भने यो समयमा बिल्कुल नलिदा राम्रो हुन्छ । मादक पदार्थ,चुरोट,सुर्ती जन्य बस्तुले मनिसको इम्युनिटी पावर घटाऊछ र रोगसँग लड्ने क्षमता कम हुन्छ । पर्याप्त मात्रमा नियमित रुपमा एकै समय सुत्ने र उठ्ने बानी बसाउनु पनि जरुरी छ किन कि पर्याप्त मात्रमा निन्द्रा नपुग्दा पनि इम्युनिटी पावरमा असर पर्छ । अहिलेको यो स्थितीमा रोग प्रतिरोध शक्ती बढाउन सकेसम्म ताजा,सफा र पटक पटक खाना खानु जरुरी मानिन्छ। जीवन जिउने शक्ती(इम्युनिटी पावर) बढाउन विश्व स्वाश्थ्य संघठनले दिएका गाइडलाइन अङिकार गर्नु पनि त्यतिकै जरुरी छ । हाम्रो अस्थव्यसथ दैनिकी,गलत खानपान र अनियमित दिनचर्याका कारण आइ इम्युन क्षमतामा प्रभाब पार्छ र याबत फुल्यु र ब्याक्टेरियाले सहज आक्रमण गर्छ अत नियमित ब्यायाम,योगा,स्वस्थ्य खानपान,नियमित दिनचर्या गर्न सकेमा र डब्लुएचओले दिएको सम्पूर्ण सुरक्षा कबज पालन गरेमा हामी र हाम्रो परिवार सुरक्षित हुन सक्छ।


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...