Thursday 10th September 2026

माहाबुल्लाहा, फरमानिया र जीलिप मा भोलीबाट पूर्णकालिन कर्फ्यु


तोयानाथ उपेक्षित, कोरोना संक्रमणलाई अरु फैलनबाट रोक्नका लागि भोली बेलुकाबाट लागु हुने गरी कुवेत स्थित जीलिप, फरमानिया र महाबुल्लाह एरियामा पूर्णकालिन कर्फ्यु लाग्ने भएको छ ।

अरब टाईममा भरखरै प्रकाशित समाचार अनुसार गृहमन्त्रालयले सरकारबाट उक्त क्षेत्रगत कर्फ्यु कार्यान्वाईनका लागि आदेश पाईसकेको जनाईएको छ तर यसको विस्तृत विबरण प्रकाशन भइनसकेको जनाएको छ ।

कोरोनाले समुहमा संक्रमण गर्न थालेका यी एरियामा वैदेशीक रोजगारीका शिलशिलामा कुवेत आएका विभिन्न देशका नागरिकहरुको बाक्लो बसाई रहेको छ । यसक्षेत्रमा कम्पनीका आवासिय भवनहरु पनि घना रुपमा छन । समाचारमा भनिएको छ ती स्थानहरुमा निश्चित समय का लागि किनमेल गर्ने अवसर दिईने छ । तर उनीहरुले ईलाका बाहिर निस्कन पाउने छैनन । समाचारमा उल्लेख गरिएका करफर्यु घोषित एरियाहरुलाई पूर्ण रुपमा बन्द गरिनेछन तर सरकारी ईजाजत भएकाहरुले भने प्रवेश पाउने छन । यस समयमा सुरक्षा फोर्स, र ट्राफिक परिचालन गरिने छन । यसरी नै उद्धार टिम र प्रहरी गस्ती टोलीहरु परिचालन गरिनेछन ताकी कोही पनि घरबाट बाहिर निस्कन नपाओस ।

घोषणा हुन लागेको करफर्यु सम्बन्धि विस्तृत विवरण केही घण्टा भित्र आउन सक्ने समाचारमा जनाईएको छ । तोकिएका ईलाकामा लगभग एक दर्जन भवनहरु पहिले नै क्वारेन्टाईन का रुपमा सुरक्षा घेरामा छन । आज सम्म कुवेतमा कोरोनाको संक्रमण ५५६ जना मा छ । विगतमा हवाईजहाज को यात्राबाट आउनेहरुमा संक्रमण पाईए पनि पछिल्ला दिनहरुमा कुवेत भित्र संक्रमितको संख्या तिब्र रुपमा देखिन थालेपछि पूर्णकालिन करफर्यु लगाउन पर्ने माग संसदमा उठदै आएको थियो ।

उक्त करफर्यु कति दिन सम्म लाग्ने हो भन्ने अहिले सम्म केही खुल्न सकेको छैन ।


सम्बन्धित शीर्षकहरु

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

बङ्गलादेशमा फैलिएको दादुराको (मिजल्स) प्रकोपका कारण हालसम्म १,००२ बालबालिकाको मृत्यु भएको छ। मार्चदेखि सुरु भएको यो प्रकोपमा १ लाख ८७…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध नोभेम्बरमा हुने मध्यावधि निर्वाचनपछि मात्र अन्त्य हुने बताएका छन्। उनले इरानले लामो समयसम्म युद्ध…

प्रतिकृयाहरू
...