Sunday 1st November 2026

कुवेतबाट श्रीमतीलाई पत्र “कोरोना, कर्फ्यू र म” प्यारी जीवन साथी “सिता”


हरिकृष्ण न्यौपाने- कुवेतको मरूभुमिबाट अटुट सम्झना अनि मुटुभरिको माया।

खोइ कुरा कहाँबाट शुरु गरौं, जताततै कोरोना, यसको कारण भएका मृत्यु अनि लक डाउनको मात्र चर्चा छ।यो पत्र लेख्न शुरु गरिरहदायहाँ एप्रिल २ तारिक बिहिबार बिहानको २:३० बजेको छ।सधैँ दिन–रात चौबिसै घन्टा ब्यस्त रहने र रोडमा गुडेका मोटर गाडिहरु अनिअकाशमा उडेका जहाजहरुको आबाजले गुन्जयमान भईरहने कुवेतको साल्मिया शहरमा आज कोरोना भाइरसकै कारण चकमन्न छ।योअग्लो घरको छैटौं तल्लामा सेन्ट्रल एसिको आबाज अनि अघिपछी नसुनिने बाहिरको बतासले पनि चिच्याए जस्तो झ्यालको सिसामाठोकिदा तेजिलो आवाज सुनिएको छ।आज त बाहिर एक पटक पनि एम्बुलेन्स र प्रहरिको गाडिको साइरन सुनिएको छैन,सायद एघारौरातको कर्फ्युले होला।

प्रिय, मन मनै लाग्छ यो कस्तो ज्यानमारा भाईरस होला है?संसारका दुई सय भन्दा बढी देशमा हैकम जमाउदै यसले सबैलाई अस्त–ब्यस्तैबनाउदै छ।सायद कस्तो होला है यो “कोरोना“?मलाई नजिकबाट यसको रंग र आकार हेर्न मनछ किनकी यसले भुकम्प बिनानै संसारहल्लाई दियो।तर होइन प्रिय, यो भाइरस अदृश्य छ अनि अपराधी पनि, किनकी यो भाइरस हो, यसले न धनी भन्छ न गरिब, न बृद्ध भन्छन बयस्क, न डक्टरनै भन्छ न खेलाडी, न नेता भन्छ न बैज्ञानिक।हेर त ४६ हजार मान्छेलाई अकालमै निलि सक्यो।त्यसैले यसबाटतिमी,म अनि हामी सबै बच्नु पर्छ नत्र हामी सबैलाई सिध्याई दिन्छ।यसलाई त जसरी पनि घर,गाउँ र टोल अनि देशैबाट भगाउनु पर्छ हैप्रिय ।त्यसैले सबैले भने बमोजिम केही काम गरे पछी वा बाहिरबाट आए पछि साबुन पानीले मिची–मिची हात धुनु,स्यानिटाइजर लगाउनु, सके सम्म बाहिर ननिस्कनु यदि निस्कनै परे मास्क लगाउनु,खाली र नधोएको हातले आँखा, मुख र नाक नछुनु,भिडभाडमा नजानु, सकेसम्म अरुले छोएका र प्रयोग गरेका कुराहरु नछुनु, एक देखि अर्को ब्यक्ती बिच घटिमा एक मिटर दूरी राख्नु, खोक्दा–हाँच्छिउ गर्दा हातलेहोइन रुमालले वा पाखुराले मुख छोप्नु,सके सम्म धेरै तातोपानी पिउनु अनि यसको बाफ लिनु, अझै पनि हनहनि ज्वरो,सुख्खा खोकी वाज्यान दुख्ने, झाडा लाग्ने भएमा नजिकैको अस्पताल जानू, आफू पनि बच्नु र अरुलाई पनि बचाउनु है प्रिय।

प्रिय,साच्ची कोरोना भाइरसकै कुराले सन्चो बिसन्चो त सोध्नै भुलेछु।यो पत्र लेखी रहदा सम्म मनमा कोरोनाको केही डर–त्रास रतिमिहरुकै चिन्ता बाहेक आरामै छु।तिमि, लुरे छोरो,बुढि आमा, सासू आमा लगाएत सबै परिवार,आफन्तजन र साथिभाईहरुलाई सधैआरमै रहोस भनी भित्र भित्र प्रार्थना गरिरहेको छु।उता उच्च शिक्षाको लागी,सहज जीवन अनि धेरै अबसरको सपना देख्दै २५ दिन पहिलेमात्र अस्ट्रेलिया पुगेको “साने“को चिन्ता त्यतिकै होला है तिमिलाई?उता पनि यो पापी कोरोनाकै कारण सबैको सुरक्षाको लागिलकडाउन चलिरहेको छ रे।कलेज शुरु हुने बित्तिकै बन्द भयो रे।पुगेको २ हप्तामै लकडाउनमा परे पनि संगै गएका साथिहरु संग अनिआफन्तकै घरमा र संरक्षणमा उ पनि सुरक्षित नै छ।यो कोरोनाले कहाँ छोएन र प्रिय? हेरन सबै तिर व्यापक फैलिदै छ,त्यसैले सानेको रमेरो कुनै चिन्ता नलिनु,बरु आफू सुरक्षित रहदै अरुलाई पनि सुरक्षित रहन प्रोत्साहन गर्नु है प्रिय ।

हेर न प्रिय, संसारकै सबै भन्दा ठूलो शत्रु बनेको “कोरोना“ले संसारलाई भूईचालो बिनानै हल्लाई दियो,तर्साई दियो अनि तहस नहसनै पोबनाई दियो।तर पनि सास रहे सम्म आशा भने जस्तो यदि हामिले बेलैमा सचेत र सजग हुने हो भने र बिश्व स्वास्थ्य संगठानले भने जस्तोकोरोना भाइरसबाट बच्न न्यूनतम उपायहरु अपनाउन सके यसले हामिलाई छुन सक्दैन।त्यसैले तिमिहरुले पनि त्यसै गर्नु है, किनकी“आफू रहे मात्र संसर रहन्छ“,आफ्नो सुरक्षा आफै गर्नु पर्छ है प्रिय ।

प्रिय,हेर न म बस्ने नजिकैको एक दुई वटा श्रमिक क्याम्पमा बस्ने म जस्तै श्रमिकहरुलाई पनि कोरोनाको संक्रमणले आक्रमण गरेछ।एकजना हाम्रै नेपालीलाई पनि कोरोनाको संक्रमण भयो रे।तर उनी सामान्य रुपमै उपचार गराइ रहेका छन रे।हाम्रै छिमेकी देशका धेरैभारतिय अनि बंगालादेशीहरु,अरु देशका आप्रवासीहरु तथा कुवेतका नागरिकहरु गरेर हिजो सम्म ३१७ जनालाई कोरोना भाइरसलेआक्रमण गरि सकेछ।तर पनि ८० जना निको भईसक्नु भयो रे।अहिले सम्म कसैको मृत्यु नहुनुले पनि हामी धेरै सुरक्षित भएको महसुसभएको छ।यहाको उपचार विधि अनि अन्य स्रोत साधनले पनि हामिलाई अझ थप आत्माबल मिलेको छ।हेरन प्रिय यो कोरोना कस्तोज्याद्रो रहेछ है।न त यसले चीन भन्यो न त भारत,न यूरोप भन्यो न त अमेरिका, न इरान भन्यो नत इराक, यसले त कसैलाई नछोडने भो।नगरिब भन्छ न धनी, न काला भन्छ न गोरा, न होचो भन्छ न अग्लो ???यसले जता ततै सन्त्रास पो फैलायो त..! र पनि हामी आफै सचेतरहनु पर्छ है प्रिय ।

प्रिय,लेख्दा लेख्स्दै पत्र लामो भइ सकेछ, कुवेतमा करिब तीन हप्ताको लकडाउनले गर्दा म र म जस्ता ज्यालादारी गर्ने मजदुरहरु धेरैजसो घरमै बस्नु परेको छ।प्राय: कामहरु बन्दनै छन।केही भने बिहान ४ बजे देखि बेलुकी ४ बजे सम्म चलेका छन।बेलुकी ५ बजे बाटबिहान ४ बजे सम्म कर्फ्यू लगाइएको छ।सधैं झिलीमिलि र मस्त अनि ब्यस्त रहने शहरका ठूला–साना सबै सपिङ मलहरु बन्द छन।फिल्म हल देखि बिबाह पार्टी समेत बन्द छन भने होटलहरु सुन्य छन।राम्रा र आकर्षक मेनु बोर्ड लगाइएका रेस्टुरेन्टहरु बन्द छन भने पार्कर सामुन्द्रीक किनारहरु बन्द गरिएका छन।आपसी जमघाट र भिडभाड रोकिएको छ भने सडकमा गुड्ने सार्वजनिक यातायात, ट्याक्सी, अनि समुन्द्रमा चल्ने पानी जहाज देखि आकाशमा उड्ने हवाइजहाज बन्द छन। तर पनि खाद्यान्न लगाएत अत्यावश्यक सामान पाउनेबजार खुलेका छन भने यहाँ कुनै सामानको अभाब र कालोबजारी छैन।यी सबै हाम्रै सुरक्षा र कोरोना भाइरसरको संक्रमणबाट वच्नगरिएका हुन।त्यसैले प्रिय यताको चिन्ता नलिनु ल।

प्रिय, हुन त कोरोनाकै कारणले संसारभर धेरैले रोटि–रोजि(रोजगारी) गुमाउदै छन।साना तथा ठूला लगानीहरु डुब्दै छन।केही संचित धनहुनेले ब्यापारमा घाटा खाएर पनि हामी जस्ता श्रमिकहरुलाई सेवा, सुबिधा र तलब दिएका छन।धेरैले पाएका छैनन कति श्रमिकसाथिहरु कामबाट निकालिन थालेका छन।तर पनि “ज्यान रहे जागिर पाइन्छ” भनेर हामी आफ्नो सुरक्षा पहिले“सेफ्टी फर्स्ट“मा लागेकाछौ।कुवेत सरकारले एप्रिल १ देखि ३० तारिक सम्म दिन लागेको आममाफिमा अबैधाधानिक कामदारहरुलाई सित्तैमा बिना जरिवानाआफ्नो देश फर्किने र पुन: कुवेत आउन चाँहे आउन दिने सुबर्ण अबसरलाई पनि कोरोना भाइरसले रोक्ला जस्तो छ।किनकि हाम्रो देशअहिलेकै अबस्थामा कुवेतबाट फर्किनेहरुलाई क्वारेन्टाइन सुबिधा दिन नसक्ने अबस्थामा रहेको सरकारी भनाई छ।तर केही छैनकोरोनाबाट सुरक्षित हुन सके कुनै दिन आफ्नो देश फर्किन पाइएला नि है..?

प्रिय यो पत्र टुंङ्याई रहदा यहाँको बिहानको ३:५४ बजे छ।आजका रात साच्चै यी आँखाहरु जोडिएनन।ओल्टि–पल्टी र भोलि के हुने होभन्दैमा रात बित्न लाग्यो।त्यहाँ बिहानको ६:३० बज्यो,सायद तिमिहरु उठि सक्यौ होला है?लाग्छ,कसैले पनि नदेखेको भोलिको चिन्तालेहामीलाई किन सताई रहन्छ होला? जे होस प्रिय आज र अहिले सम्मको अवस्थालाई हेरेरनै अगाडि बढ्ने हो।त्यसैले प्रिय तिमिहरुलेआफ्नो ख्याल राख्नु।आफू र आफ्नो वरपरकाहरुलाई कोरोनाबाट बच्न र बचाउन लागि रहनु।यताको कुनै चिन्ता नलिनु, म सुरक्षित छु रसके सम्म सुरक्षित रहने छु।समयले सुरक्षित बनाई रहयो र यो कोरोनाले समात्न सकेन भने छिट्टै भेट्ने आशाका साथ अहिलेलाई बिदामाँगे है प्रिय ।।।
उहीँ तिमिलाई माया गरिरहने तिम्रो मान्छे

हरि कृष्ण न्यौपाने “घायल” कुवेतबाट

०२–एप्रिल–२०२०


सम्बन्धित शीर्षकहरु

काठमाडौँ, ३१ अक्टोबर। हिन्दू धर्मावलम्बीका धार्मिक मान्यता र भारतीय चिकित्सकबारे अपमानजनक टिप्पणी गरेको भिडियो सार्वजनिक भएपछि इजरायली–अमेरिकी यहुदी धर्मगुरु योसी…

अमेरिकाको University of Florida का अनुसन्धानकर्ताहरूले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर मानिसको कपडा लगाएको तस्बिरलाई नक्कली नग्न तस्बिरमा परिवर्तन गर्ने…

मध्यपूर्व क्षेत्रका प्रमुख विमानस्थलहरूमा सुरक्षा चुनौती र हवाई मार्गमा लगाइएका प्रतिबन्धका कारण उडान सेवा प्रभावित भएको छ। अक्टोबर २९–३० मा…

प्रतिकृयाहरू
...