Saturday 4th May 2024

“आहाँ” कुवेत !  यस्तो पो सरकार त


तोयानाथ उपेक्षित – संसारले आफ्ना प्रवासमा भईरहेका नागरिकलाई कोरोना आउछ भन्दै प्रवेश प्रतिवन्ध लगाई रहेको बेला कुवेतले भने देश बाहिर रहेका आफ्ना नागरिकलाई लिन भोली देखि आधा दर्जन आफ्ना विमानहरुको संञ्चालन गर्दैछ । लक डाउन र कर्फ्युका बीच बाहिर रहेका नागरिक ओर्सान भोली ती जहाजहरु विहान ९ बजेबाट उडनेछन । पहिलो चरणमा बहराईन र युएइमा रहेका कुवेती नागरिकहरु कुवेत ल्याईनेछन ।

संसदका सभामुख मार्जौक अल घानिमले पार्ल्यामेन्ट सेसनको अन्तमा बोल्दै छिट्टै नै विदेशमा रहेका आफ्ना नागरिक लाई कुवेतमा ल्याईने जानकारी दिए सगै पहिलो चरणमा दुवई र बहराईनमा रहेका नागरिकलाई ल्याउने विमान तालिका समेत सार्वजनिक भएको हो । जसअनुसार विहान ९ बजे, १२ बजे, ३ बजे, ६ बजे र राती ९ बजे हवाई जहाजहरुले ओर्साने भएका छन । समाचार अनुसार त्यसरी ल्याईएका सवै नागरिकहरुले सरकारले व्यवस्था गरेको अनिवार्य क्वारेन्टाईनमा २ साता बस्न पर्ने हुन्छ ।

यसरी नै महामहिम अमिरले लक डाउनले पारेको आर्थिक असर झेल्न कुवेती नागरिकहरुलाई आर्थिक सहायता दिने व्यवस्था गर्न सरकारलाई निर्देशन गर्नु भएको समाचार छ । सरकार मात्र नभएर यहाँका गैर सरकारी संस्था तथा कम्पनीहरुले समेत नागरिक तथा गैह नागरिकलाई सुविधा दिने विभिन्न खालका घोषणा गर्न थालेका छन । कुवेत वैंक एसोसियसनले ऋणीहरुले बुझाउन पर्ने रकमको समय पछि धकेलिदिएका छन । अव को छ महिना सम्म ऋण नतिर्दा कुनै जरिमाना वा व्याज बुझाउन पर्दैन ।

कुवेतमा रहेका तिनवटा टेलिफोन सेवा प्रदायक कम्पनीहरु जैन, भिभा र ओरिडोले आफ्नो टेलीफोन सीम प्रयोग गर्ने उपभोक्तालाई ५० जीबी ईन्टरनेट फ्रि मा दिने भएका छन । ताकी कसैले पनि यस्तो मुश्किलको अवस्थामा सञ्चारको प्रयोगबाट विमुख हुन नपरोस । यसरी नै केएफएईडी दी कुवेत फाउण्ड फर अरब ईकोनोमिक डेपलोपमेन्ट प्ँब्भ्म् ले कुवेत सरकारलाई कोरोना विरुद्ध लड्न भन्दै तिस मिलियन केडी अर्थात नेपाली ११ अरब ४० करोडको साहायता घोषणा गरेको छ ।

यसरी नै ईजिप्टका नागरिकहरु जो आफ्नो देश जान चाहान्छन उनीहरुले तोकिए मापदण्ड अनुसारको प्रक्रिया पुरा गरेकाहरुलाई भोली बाट दिनहु एक पटक कुवेतबाट ईजिप्टको उडान आगामी मार्च ३० सम्मका लागि सञ्चालन हुने भएको छ । यसका लागि कुवेत सरकारले ईजिप्ट सरकारसँग समन्वय गरेर सो सुविधा दिएको हो ।

कुवेतमा सवैको स्वास्थ्यलाई उतिकै प्राथामिकता दिएर निशुल्क कोरोना जाँच र उपचार सरकारले गर्नेछ । घर विदाबाट गत फेब्रवरी २७ यता आएकाहरुको निशुल्क स्वास्थ्य जाँच गरिदै आएको छ भने सो अवधीमा कुवेत प्रवेश गर्नेलाई आफ्नै कार्यस्थलको बसाई अर्थात होम क्वारेन्टाईनमा १४ दिन रहेर स्वास्थ्य जाँच गराएर कोरोना फ्रि को सर्टिफिकेट पाएपछि मात्र काममा जान सक्ने व्यवस्था कडाईका साथ लागु गरेको थियो । यसरी काम नगरेर क्वारेन्टाईनमा बसेको उक्त अवधीको पारिश्रमिक उनीहरुलाई दिन पनि कम्पनीहरुलई निर्देशन दिएको छ ।

यसबीच घर विदामा सकाएर फर्कन नपाएका वैदेशीक रोजगारमा रहेका विदेशी नागरिकको हकमा थप तिन महिना सम्ममा भिषा भए पनि नभए पनि फर्कन पाउने व्यवस्था गरिएको छ । यसरी नै भिषा नविकरण गर्न अनलाईन सेवाको प्रयोग गर्न सक्ने अप्सन खुला गरिएको छ । कोरोना भाईरसको संक्रमण नफैलियोस भनेर यहाँ को सरकार उति नै सचेत र कठोर पनि छ । कर्फ्यु तोडने वा अवज्ञा गर्नेहरु प्रति कति पनि सहनशिलता नराख्ने गरी तीन साल जेल र दश हजार केडीको जरिवाना तोकिएको छ । यसरी नै कसैले जानीबुझी आफूसँग भएको उक्त भाईरस नियत बस कसैलाई सारेमा मृत्युदण्ड दिईनु पर्ने सम्मको आवाज संसदमा उठेका छन ।

कोरोना विरुद्धको तयारी र युद्धमा सरकारले उठाएका कदमहरुको अमेरिकन दुतले प्रशंसा गरेकी छिन । कुवेतका हरेक आवासिय भवन र कार्यालयमा प्रवेश गर्दा शरिरको तापक्रम नापिने गरिएको छ भने स्वयम प्रधान मन्त्री शेख सवा अल खालिद अल सवा र  पार्ल्यामेन्ट मेम्बरहरुले सभाहल पस्न पूर्व तापमान लिने गर्नु भएका तस्वीरहरु देख्न पाईन्छ ।


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...