Friday 2nd October 2026

युएईका नेपाली फर्काउने समाचारमा सत्यता छैन : दूतावास


तितोपाटी- आबुधाबीस्थित नेपाली राजदूतावासले केही सञ्चार माध्यममा युएईमा कार्यरत नेपालीलाई नेपाल फर्काउने भन्ने विषयमा आएका समाचारमा सत्यता नभएको प्रष्ट पारेको छ।

शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै दूतावासले युएईमा कार्यरत नेपाली कामदार सामूहिक रुपमा फर्काइन सक्ने भनी दूतावासकै नाम जोडेर प्रकाशित भएका उक्त समाचारमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै सो कुरामा सत्यता नभएको उल्लेख गरेको हो।विज्ञप्तिमा भनिएको छ‚ ‘केही अनलाइन सञ्चार माध्यमहरुमा संयुक्त अरब इमिरेट्स (युएई)मा कार्यरत नेपालीहरुलाई सामूहिक रुपमा नेपाल फर्काइन सक्ने भन्ने समाचार प्रकाशित भएको र त्यसमा नेपाली राजदूतावास‚ आबुधाबीको समेत नाम जोडिएकोमा यस दूतावासको ध्यानाकर्षण भएको छ।’

उक्त समाचारमा कुनै सत्यता नभएको भन्दै दूतावासले प्रेस विज्ञप्तिमार्फत भनेको छ‚ ‘सो समाचारमा सत्यता नभएको बेहोरा सम्बन्धित सबैमा अनुरोध गर्दछौं।’


सम्बन्धित शीर्षकहरु

अमेरिकाको कर्नेल विश्वविद्यालयमा एक महिलामाथि भएको भनिएको सामूहिक बलात्कार घटनाको अनुसन्धानका लागि न्युयोर्क राज्यकी महान्यायाधिवक्ता लेटिशिया जेम्सलाई विशेष अभियोजक नियुक्त…

साउदी अरब नेतृत्वको गठबन्धनले यमनका हुथी विद्रोहीले मदिनाको एक विद्युत् केन्द्रमा ड्रोन आक्रमण गरेको आरोप लगाएको छ। साउदी अरब नेतृत्वको…

जापानको ओसाकास्थित अस्पतालमा गम्भीर मुटुरोगबाट पीडित ५० वर्षीया महिलाको iPS स्टेम सेलबाट तयार गरिएको मुटुको मांसपेशी प्रयोग गरी विश्वकै पहिलो…

प्रतिकृयाहरू
...