Tuesday 29th September 2026

निर्भया बलात्कार काण्ड-चार जनालाई फाँसी दिइयो


भारतको दिल्लीमा सामूहिक बलात्कार तथा हत्या मुद्दामा दोषी ठहर गरिएका चार जनालाई मृत्युदण्ड दिइएको छ । दिल्लीस्थित तिहाड जेलमा उनीहरुलाई शुक्रबार बिहान ५:३० मा झुन्ड्याएर मृत्यु दण्ड दिइएको हो ।

निर्भया बलात्कार घटनाका दोषीहरु विनय शर्मा, अक्षयकुमार सिंह, मुकेश सिंह र पवन गुप्ता रहेका छन् ।

सन् २०१२ मा २३ वर्षीया मेडिकल विद्यार्थी निर्भयाको बसभित्रै सामूहिक बलात्कारपछि हत्या भएको थियो । घटनामा ६ जनालाई अदालतले दोषी ठहर गरेको थियो । तीमध्ये एकजनाले तिहाड जेलमै आत्महत्या गरेका थिए भने अर्का एकलाई बालिग नभएको भन्दै सुधार गृहमा पठाइएको थियो ।

घटनापछि भारतभर प्रदर्शन भएका थिए । उनीहरुलाई फाँसी दिएपछि आफूहरुले न्याय पाएको निर्भयाका बाबुआमाले बताएका छन् ।
-नयाँपत्रिकाडेलिबाट


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...