Monday 26th October 2026

नेपाली दूतावास यूएईले गर्यो अत्यावश्यक बाहेकका सेवा बन्द


तितोपाटी- यूएईस्थित नेपाली दूतावासले अत्यावश्यक बाहेकका सेवा अनिश्चितकालका लागि बन्द गरेको छ। अर्को सूचना जारी नहुदासम्म आजबाट लागू हुने गरी दूतावासले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको जनाएको हो।

कोभिड–१९ अर्थात कोरोना भाइरस विश्वव्यापी महामारीको रुपमा फैलिएसँगै दूतावासले कामदार मागपत्र प्रमाणीकरण सम्बन्धी सम्पूर्ण सेवा बन्द गरेको जनाएको छ ।ट्राभल डकुमेन्ट, मृतक नेपालीको शव नेपाल पठाउन एनओसी जारी गर्ने, म्याद सकिएको राहदानी बनाउने जस्ता आवश्यक सेवा भने सञ्चालन हुने दूतावासद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।

नेपाल सरकारले गत फागुन २९ मा विदेश जाने नेपालीको हकमा श्रम स्वीकृति बन्द गर्ने निर्णय गरेसँगै विदेशमा रहेका नेपाली दूतावास तथा नियोगहरुले समेत श्रम र काउन्सुलर सम्बन्धिका सेवा बन्द गरेका छन् ।

दूतावासको तथ्यांक अनुसार यूएईमा २ लाख ७५ हजार नेपाली कार्यरत रहेका छन्। यूएईमा २ जना नेपालीलाई समेत कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो । उनीहरु उपचाररत रहेको जनाइएको छ । -खबरहब बाट


सम्बन्धित शीर्षकहरु

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

यमनी हुथी विद्रोहीहरूको आक्रमणका कारण बन्द भएको साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल दुई हप्तापछि पुनः सञ्चालनमा आएको…

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

प्रतिकृयाहरू
...