Thursday 18th June 2026

वाद जुन भए पनि फरक पर्दैन, तर आम नागरिकलाई समान हुनुपर्छ


तिलक भण्डारी (कमल) – अहिलेको ताजा बहस समाजिक संजालमा धैरै भाइरल भएको बिषय मृगौला प्रत्यारोपण र डायलाइसिसको हो । यो बिषयमा समाजिक संजालमा निकै चर्चा र बहस भएको छ । तर सकारात्मक कुरालाई आत्मसाथ गराउने जिम्मेवारी राज्यको दायित्व हो । कुनै पनि मृगौला पीडित नेपाली नागरिकले कति गाह्रो र असहज महसुस गनुपर्छ भन्ने दृष्टान्त प्रस्तुत भएको छ ।

राज्य संचालन गर्ने जिम्मा लिएका उपल्लो तह तप्काका ब्यक्तिलाई जति सहज छ मृगौला प्रत्यारोपण त्यति सहज छैन हामी समान्य नागरिकको लागी त्यसकारण राज्यको तर्फबाट सम्भब भए निशुल्क नभएपनि न्यनुतम शुल्कमा नागरिकलाई सेवा दिनुपर्छ । तबमात्र राज्य हाम्रो अभिभाबक हो भन्ने महसुस सबैले अनुभुति गर्छन ।

नेपालमा तत्कालको तथ्यांक हेर्दा प्रति दश हजारमा एक जना नेपाली नागरिक मृगौला पीडित छन । यसरी हर्दा लगभग एक बर्षमा तिन हजार मृगौला पीडित थपिन्छ । यस्तो जटिल रोगलाई कसरी राज्यको तर्फबाट अनुदान दिन सकिन्छ भनेर बिशेष किसिमको योजना तय गरी समस्याको हल गर्नु राज्यको दायित्व  हो ।

समान्य नागरिकलाई मृगौला उपचार गर्न धैरै गाह्रो र असज छ किनभने जटिल र खर्चिलो धैरै छ । पैसाको ब्यबस्थापन गर्न धैरै कठिन छ । पैसाको लागी सामाजिक संजाल या सडकमा बसेर बिलौना गर्ने दिनको अन्त्य होस र राज्यको तर्फबाट उचित राहतको जनताले प्रतिक्षा गरेको यर्थाथ हो ।

तत्कालको तथ्यांक हेर्दा दैनिक चार हजार छ सय डायलाइसिस प्रत्येक दिन गर्नु पर्ने देखिन्छ । यो समस्याको समधान होइन यसको हप्ताको दुइ पटक शरिरबाट बेकार पदार्थ निकाल्नु पर्ने अन्य रोगको सक्रमण पनि त्यति धैरै र जोखिम त्यसमाथि खर्च पनि मासिक तिस हजार भन्दा पनि धैरै हुने हुदा मानिसले अकालमा मृत्युवरण गनुपर्ने हुन्छ । सतहत्तर जिल्लामा यो सेवा सुबिधा छैन अहिले मात्र त्रिपन्न अस्पतालमा मात्र उपल्ध छ । त्यसकारण यो धैरै जटिल पिडादायी छ । बिरामीको रोगको तनाब र आर्थिक प्रबन्ध गर्न नसक्दा मानसिक तनाब भई भोलि फेरी मानसिक रोगको सिकार बन्नु पर्ने हुन्छ ।

मृगौला प्रत्यारोपण गर्न सामान्य नागरिकले पनि पाउनुपर्छ । तर यो सेवा प्राप्त गर्न त्यति सजिलो भने पकै पनि छैन । किन भने मृगौला दान गर्ने ब्यक्ति आफन्त वा नजिकको भयो भने मात्र यो सहज छ । नत्र भने यो धैरै गाह्रो छ । सबै परिवारमा मृगौला दान गर्न सक्ने ब्यक्ति नहुन सक्छ । सानो बच्चा र बुढा बुढी बाबा आमा र अन्य आफन्तमा रगत अन्य कारणले उपल्ध नहुन पनि सक्छ । त्यसकारण यस्तो बाध्यताकारी अबस्थाको अन्त्य गर्नु आजको आबश्यकता हो ।

तत्काल समस्याको समधानको लागी कानुन परिर्माजन गर्नु पर्छ । तबमात्र समान्य नागरिकले पनि मृगौला प्रत्यारोपण गर्न सम्भब हुन्छ । मृगौला दान दिने ब्यक्तिले आफनो खुशिले दिन चाहेमा कुनै रोकावट बिना नै दान दिन मिल्ने कार्यको शुरूवात गर्नु पर्छ । तब मात्र सबै नागरिकले सहजरूपमा सेवा लिन सक्छन । निति नियम परिर्माजन भएपछि यसको नियमन हुन पनि जरूरी हुन्छ । भोलिका दिनमा कालो बजारी हुने ढोका बन्द गर्ने निति लिनुपर्छ । तब मात्र मासिक दश हजार खर्च गरेर भएपनि जिवन सहज तरिकाले बाच्न र आफ्नो परिवारको भरण पोषण गरी सामान्य अन्य नागरिक सरह बाच्न सकिन्छ ।

रोगी र पीडित भएर भोलि आउने भाबि दिनमा कसैलाई पनि सडक र समाजिक संजालमा आएर जिवन रक्षाको लागी कसैको अपेक्षा गर्ने दिनको अन्त्य होस । सबैको चाहना र अहिले जरूरी यसैमा देखिन्छ । त्यसकारण बोलीमा समाजबाद मात्र होइन व्यबहारमा पनि समाजबादको अनुभुति गर्न मिलोस सबैलाई ! बाद जुन भएपनि फरक पदैन तर बिरालोको काम भनेको मुसा मार्नु हो यहि भनाइलाई आत्मसाथ गरी यो समस्याको अन्त्य होला भन्ने अपेक्षा सबै नागरिकमा छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...