Tuesday 27th October 2026

कुवेतमा कोरोनाको डर: ७ देशका नागरिकहरूलाई प्रवेश निषेध


तितोपाटी- कुवेतमा बढ्दो नोबेल कोरोना संक्रमणको त्रासमा कुवेत सरकारले उडानलाई अस्थायी समयका लागि ७ देशका नागरिकहरूलाई हिजो देखी अर्कों सूचना सम्मको लागी प्रवेश निषेध गरेको छ।

कुवेतको नागरिक उड्डयन महानिर्देशक (डीजीसीए) ले कुवेत अन्तर्राष्ट्रिय विमानस्थल आउने र जाने सबै उडानहरू निम्न देशहरूका लागि अस्थायी रूपमा निषेध गरिएको बताएको छ। उक्त देशहरूबाट उडान एक हप्तासम्मको लागी प्रवेश निषेधित रहने बताइएको छ। निषेधित देशहरू फिलिपिन्स, बंगलादेश, भारत, श्रीलंका, सिरिया, लेबनान, र इजिप्ट रहेका छन।

विश्वभरी कोरोना भाइरसको प्रकोप बढ्दै जादा कुवेत भित्र थप कोरोना भाइरस फैलिन नदिन सोही निर्णय गरेको हो।हिजो ६ मार्चका दिन एक विज्ञप्ति निकाल्दै भाइरस नियंत्रण गर्न ७ देशका नागरिकहरूलाई प्रवेश निषेध गरेको बताउदै कुवेतस्थित आन्तरिक मन्त्रालयले सूचना जारी गरेको थियो।

कोरोना भाइरस तीव्रगतीमा बढ़ीरहेको र हाल सम्म विश्वका ९० भन्दा बढ़ी देशमा कोरोना संक्रमित रहेकाले अर्कों सूचना सम्मका लागी आवत जावतमा प्रतिबन्ध लगाइएको हो।गत डिसेम्बरबाट चीनको वुहानहुँदै फैलिएको कोविड–१९ नामको नयाँ कोरोना जीवाणु (भाइरस) कुवेतमा पनि बढ़ने क्रम जारीरहेको छ । कुवेतमा संक्रमितको संख्या ५८ पुगेको कुवेतस्थित स्वास्थ्य मन्त्रालय (Moh)ले जनाएको छ ।नोबेल कोरोनाबाट सङ्क्रमित भएका व्यक्तिहरुको संख्या विश्वव्यापी रूपमा एक लाख भन्दा बढ़ी रहेका छन भने ३५ सय भन्दा बढ़ीको मृत्यु भइसकेको छ।


सम्बन्धित शीर्षकहरु

यस वर्षको दसैं अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको ज्यान गएको छ भने झन्डै तीन हजार जना घाइते…

कुवेतको आतंकवाद तथा राज्य सुरक्षासम्बन्धी आपराधिक अदालतले इरान र हिजबुल्लाहसँग मिलेर वरिष्ठ सरकारी अधिकारीहरूको हत्या गर्ने षड्यन्त्र रचेको आरोपमा तीन…

नेपाल सरकारले मलेसियासँगको श्रम सहकार्यलाई थप प्रभावकारी, पारदर्शी र श्रमिकमैत्री बनाउन कूटनीतिक पहल अघि बढाएको छ। परराष्ट्र मन्त्रालयमार्फत युवा, श्रम…

प्रतिकृयाहरू
...