Thursday 27th August 2026

विभिन्न देशका बिबाद अनि कुटपिटबारे एनआरएनए मौन, प्रबक्ता नाजवाफ


हरि कृष्ण न्यौपाने (कुवेत)- “नेपालीका लागि नेपाली” नाराका साथ विश्वभर सन्जाल फैलिएको गैर आबासिय नेपाली संघ(एनआरएनए)मा बिश्वका केही मुलुकहरुमा आफ्नो नेतृत्वका केही गलत कृयाकलाप तथा आन्तरिक बिबादका कारण आन्तरिक कलह चुलिएको तथा त्यस मुलुकहरुमा बिबाद बढ्दै गएको छ।

बिगत केही हप्ता देखि विभिन्न मुलुकहरुमा संस्थाको जिम्मेवार ब्यक्तिहरु जोडिएर घटेका घटना र बिबादहरु बारे एनआरएनए प्रबक्ता डिबि क्षेत्रीलाई तितोपाटी डटकमले सोधेको प्रश्नमा उनी नाजवाफ देखिदै भने”संस्थागत रुपमा कुनै पनि कुराहरु आधिकारिक अबगत नगराएकोले संस्थाको आधिकारिक धारणा आउन सकेको छैन।सबै घटनाहरु बारे समाजिक संजाल तथा अन्य माध्यमबाट आफू आंशिक जानकार रहे पनि फेब्रुअरी २९ शनिबार हुने बैठकमा यसबारे छलफल गरिने क्षेत्रीले बताए ।

एनआरएनए पोर्चुगलका बरिस्ठ उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष भिमसेन थापाले सांगीतिक कार्यक्रममा रिपोर्टिङका लागि गएका आफ्नै कार्यसमितीका सद्स्य तथा पत्रकार सबिन (प्रबिन)धिताल माथी गरेको कुटपिटका कारण घाईते धिताल अस्पतालनै भर्ना भएका थिए।धिताल माथीको आक्रमणको सर्बत्र निन्दा गरिएको थियो भने पत्रकार महासंघ यूरोप शाखाले प्रेश बिज्ञप्ति जारी गर्दै दोषी माथी कारबाहीको माग गरेको थियो।

त्यस्तै एनआरएनए एनसिसी कतारले आफ्ना संस्थापक नेता टिबि कार्किले तमु समाज कतारको कार्यक्रममा मुख छडेको बिषयमा एनसिसी कतारले ४ महिनाको लागि कार्किलाई निलम्बन गरे पनि केन्द्रले यसबारे अझै मुख खोलेको छैन।

उता एनआरएनए कोरियामा व्यापक भ्रस्टाचार भएको बिषय पनि छताछुल्ल भएको जसमा निबर्तमान अध्यक्ष लक्ष्मी गुरुङले आर्थिक पारदर्शीता नगरेको उजुरी परेको छ।यता एनआएनएको सबै भन्दा धेरै सद्स्य रहेको यूके शाखामा आफ्नो स्थापना दिबसको बारेको आन्तरिक बिबाद उत्कर्षमा पुगेको छ।

यसै गरि एनआरएनए मलेसियाका कोषाध्यक्षले त्यहाको एक पत्रकारलाई अपहरण गरेर ज्यान मार्ने धम्की दिएको घटनाले पनि एनआरएनए मलेशिया आफ्नै नेतृत्वका कारण बिबादमा छ।

माथिका केही प्रतिनिधि घटनाहरूको बारे एनआरएनए कहिले सम्म मौन बस्ने ? आशा गरौ नारामा जस्तै एनआरएनएले आफ्नो संगठनको गरिमामा आँच आउने काम गर्ने ब्यक्तिहरु र बिबादास्पद बिषयमा छिट्टै आफ्नो आधिकारिक धारणा सहित कारबाही गर्दै सबै नेपालीको लागि नेपालीहरुको साझा चौतारी बनोस ।


सम्बन्धित शीर्षकहरु

नेपालमा बाढी तथा पहिरोको जोखिम कायमै रहँदा उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारतसमेत सम्भावित असरलाई लिएर सतर्क बनेका छन्।…

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नुवाकोटको बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी काठमाडौं फर्किएका छन्। प्रभावित क्षेत्रको प्रत्यक्ष अवलोकनपछि…

विराटनगर।नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले बीमा सर्भेयरहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सर्भेयरहरूको वर्तमान अवस्था, कार्यसम्पादन,…

प्रतिकृयाहरू
...