Monday 31st August 2026

नेपाल ओमानसँग १८ रनले पराजित


तितोपाटी- क्रिकेट विश्वकप लिग २ खेलमा नेपाल ओमानसँग पराजित भएको छ । घरेलु मैदानमा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको नेपाल ओमानसँग १८ रनले पराजित भएको हो ।

१ सय ९८ रनको लक्ष्य पछ्याएको नेपाल ४६ दशमलव ५ ओभरमा १ सय ७९ रन बनाउँदा अलआउट भयो ।लिग २ मा नेपालको यो पहिलो खेल हो भने ओमानले ७ खेल खेलिसकेको छ । ओमान ५ जितका साथ ७ राष्ट्र सहभागिता प्रतियोगिताको दोस्रो स्थानमा उक्लिएको छ ।
नेपालका शरद भेषवाकरले ५५ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्ल १ र पूर्व कप्तान पारस खड्कालाई ३ रनमा गुमाएको नेपालबाट दीपेन्द्रसिंह ऐरी ३६, आरिफ शेख ६ रनमा आउट भए ।


सम्बन्धित शीर्षकहरु

प्रकाश सायमीले आफ्नो फेसबुक वालमा लेखेको यो सामग्रीलाई केवल गायक उदीतनारायण झाको जीवनीका रूपमा हेर्नुभन्दा पनि नेपाली संगीत तथा चलचित्र…

डिजिटल वित्तीय प्रणालीको तीव्र विकाससँगै क्रिप्टोकरेन्सी विश्वभर लोकप्रिय बन्दै गएको छ। छिटो, सीमापार र मध्यस्थ निकायविना कारोबार गर्न सकिने सुविधाका…

धमिलो दृष्टि (Blurred Vision) आँखासम्बन्धी सबैभन्दा सामान्य समस्यामध्ये एक भएको र यसलाई बेवास्ता गर्दा गम्भीर स्वास्थ्य समस्या लुकिरहेको हुन सक्ने…

प्रतिकृयाहरू
...