Wednesday 28th October 2026

नेकपाकै सांसदद्वारा सञ्चारमन्त्री बाँस्कोटाको राजीनामा माग


तितोपाटी- सत्तारुढ नेकपाका सांसद रामवीर मानन्धरले गुठी प्रथालाई सामन्तवादको संज्ञा दिएकामा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको राजीनामा माग गरेका छन् । काठमाडौँ –५ का सांसद मानन्धरले गुठीलाई सामन्ती प्रथासँग जोडिएकामा कडा आपत्ति जनाए ।
‘सरकारका प्रवक्ताले गुठीलाई सामन्तवादको संज्ञा दिनुभएको छ कि सार्वजनिक माफि माग्दै त्यो कुरा फिर्ता लिनुस्, होइन भने राजीनामा दिनुस्’ रिपोर्टस् क्लबद्वारा राजधानीमा शनिबार आयोजित कार्यक्रममा उनले भने ,‘सरकारका प्रवक्ता भएर यस्तो कुरा गर्नुहुन्छ, भने राजीनामा बाहेक अर्को बाटो हुँदैन ।’
मानन्धरले गुठी विधेयकको विरोधमा सडकमा ओर्लिएका राजधानीवासीलाई सान्त्वना दिनुपर्नेमा आगोमा घिउ थप्ने काम गरेको भन्दै गुठियारलाई आक्षेप लगाउने र अपमान गर्ने मन्त्रीको दिनगन्ती सुरु हुने बताए । -कान्तिपुर दैनिकबाट


सम्बन्धित शीर्षकहरु

बंगालको खाडीमा विकसित भएको चक्रवाती तूफान ‘अर्नब’ को प्रभावका कारण श्रीलंकामा लगातार भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेपछि सरकारले…

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

प्रतिकृयाहरू
...