Wednesday 28th October 2026

आधुनिक सूचना प्रणाली सञ्चालन संगै विमानस्थलबाट श्रम डेस्क हटाइँदै


तितोपाटी- वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाइने भएको छ । अध्यागमन विभाग र वैदेशिक रोजगार विभागको सूचना प्रणालीहरूको सोमबार एकीकरण गरेपछि श्रम डेस्क हटाउन लागिएको विभागले जनाएको छ ।

विगतदेखि विदेशिने श्रमिकका समस्या समाधान गर्न राखिएको डेस्क हटाउनुपर्ने भएको विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले जानकारी दिएका छन् ।
विभागको वेबसाइट र एप्सबाट श्रम स्वीकृति विवरण हेर्न सकिने र विभागबाटै हाल श्रम डेस्कको काम गर्न सकिने भएकाले उक्त डेस्क आवश्यक नहुने उनको भनाइ छ । हाल अध्यागमन विभागले पनि आफ्नो आधुनिक सूचना प्रणाली सञ्चालनमा ल्याएको छ ।साभार शिलापत्र


सम्बन्धित शीर्षकहरु

बंगालको खाडीमा विकसित भएको चक्रवाती तूफान ‘अर्नब’ को प्रभावका कारण श्रीलंकामा लगातार भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेपछि सरकारले…

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

प्रतिकृयाहरू
...