Friday 25th September 2026

आधुनिक सूचना प्रणाली सञ्चालन संगै विमानस्थलबाट श्रम डेस्क हटाइँदै


तितोपाटी- वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाइने भएको छ । अध्यागमन विभाग र वैदेशिक रोजगार विभागको सूचना प्रणालीहरूको सोमबार एकीकरण गरेपछि श्रम डेस्क हटाउन लागिएको विभागले जनाएको छ ।

विगतदेखि विदेशिने श्रमिकका समस्या समाधान गर्न राखिएको डेस्क हटाउनुपर्ने भएको विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले जानकारी दिएका छन् ।
विभागको वेबसाइट र एप्सबाट श्रम स्वीकृति विवरण हेर्न सकिने र विभागबाटै हाल श्रम डेस्कको काम गर्न सकिने भएकाले उक्त डेस्क आवश्यक नहुने उनको भनाइ छ । हाल अध्यागमन विभागले पनि आफ्नो आधुनिक सूचना प्रणाली सञ्चालनमा ल्याएको छ ।साभार शिलापत्र


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...