Thursday 10th September 2026

गृहमन्त्री थापाले गरे अध्यागमन निरीक्षण


काठमाडौं -गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन निरीक्षण गरेका छन्। बुधबार बिहान अनुगमनमा गएका गृहमन्त्री थापाले अध्यागमनको अवस्थाबारे जानकारी लिएका छन्।गृहमन्त्री बादल अध्यागमनमा पुग्दा त्यहाँ हुँदै गरेको मर्मत, सुरक्षा अवस्था र अध्यागमनमा प्रविधिले कसरी काम गर्छ भन्ने जानकारी गराउन विभागका महानिर्देशक ईश्वरराज पौडेल तम्तयार थिए।

भ्रमण वर्ष २०२० लाई मधयेनजर गर्दै अहिले अध्यागमन आकर्षक पार्नेकाम भइरहेको छ। भ्रमण वर्ष नजिकिँदै गर्दा अध्यागमनमा मार्वल बिछ्याएर झकिझकाउ बनाइँदै गरेको महानिर्देशक पौडेलले गृहमन्त्री नेतृत्वको समूहलाई देखाए।योसँगै अध्यागमनले पुस महिनादेखि ‘नेपाली पोर्ट’ सफ्टवेयर सञ्चालनमा ल्याउने पौडेलले ब्रिफिङ गरे। पुस महिनाभित्र जसरी पनि सञ्चालनमा ल्याउने भन्दै उनले गृहमन्त्रीलाई आश्वासन दिए। उक्त पोर्ट सञ्चालनमा आएपछि अध्यागमनको डाटा हराउने र चोरी हुने समस्या समाधान हुने उनको भनाइ छ।

अनुगमनमा गएका एक सदस्यले दिएको जानकारी अनुसार सबै देखाएपछि गृहमन्त्री थापालाई महानिर्देशक पौडेलले पासपोर्ट स्क्यानिङ मेसिन देखाउन खोजे। तर त्यतिनै बेला उक्त मेसिनले काम गरेन। त्यसपछि उनले अर्को स्क्यानिङ देखाउन खोजे तर त्यसले पनि काम गरेन। तेस्रो पटक देखाउँदा बल्ल मेसिन चल्यो। मेसिनबारे महानिर्देशक पौडेलले गृहमन्त्रीलाई सुनाए, ‘केहिको सेटिङ मिलाउने काम हुँदैछ, केहि पुरानो भएकाले काम गर्न छाड्यो।’

अध्यागमनको चेकजाँचमा कमजोरी हुँदा नेपालमा अन्तर्राष्ट्रिय गिरोहले सहजै अवैध सामान ओसारपसार गरिरहेको आरोप लागिरहेका बेला गृहमन्त्री बादल अनुगमनमा पुगेका हुन् ।

अध्यागमनको अनुगमनमा गृहमन्त्रीसँगै गृहसचिव प्रेमकुमार राई, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालगायत थिए।
-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा काम गर्न १,४६४ नेपाली कामदारका लागि आवेदन खुला…

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

प्रतिकृयाहरू
...