Saturday 4th May 2024

महिला प्रहरीको पेस्तोल लिएर केटासाथी गायब


तितोपाटी – गोली लोड भएको पेस्तोल बोकेर आफूसँग बस्दै आएका केटासाथी भागेपछि नेपाल प्रहरीकी एक जवान पक्राउ परेकी छिन्। घटना जनकपुरको हो। उच्च अदालत जनकपुरकी न्यायाधीश सकुन्तला घिमिरेकी सुरक्षा गार्ड ती महिला प्रहरीको पेस्तोल उनका केटासाथी सिवेन्द्र यादवले लिएर भागेका हुन्। यादव सोमबार राति १० बजेदेखि फरार छन्।
देउडावा-६ नवलपरासी घर भएका यादव केही सातायता ती महिला प्रहरीसँगै जनकपुरमा बसिरहेका थिए। जनकपुर उपमहानगरपालिका-४ भैरव चोकमा उनीहरू डेरामा बस्थे दुई नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार महिला प्रहरी स्वंयले पेस्तोल लिएर आफूसँग बस्दै आएका यादव भागेको रिपोर्ट गरेकी हुन्।‘नवलपरासी जिल्लाको मान्छेसँग चिनजान, सम्पर्क र हतियार नै बोकेर हिँड्नु शंकास्पद छ,’ प्रदेश २ का प्रहरी प्रवक्ता डिएसपी ज्ञानकुमार महतोले भने, ‘महिला प्रहरीमाथि अनुसन्धान भइरहेको छ, भागेका व्यक्ति फेला परिसकेका छैनन्।’

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

आफ्नी मायालु संसार कै राम्री लाग्छ, उनीलाई नै हेरिरहु, उनी संगै बोलिरहु उनी संगै डुलिरहु, उनी संगै भुलिरहु …यस्तै भाव…

कुबेत -“रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज,कुवेतद्वारा हिजो ०३ मे २०२४ मा आयोजना गरेको आठौ…

आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित…

प्रतिकृयाहरू
...