Sunday 5th May 2024

चीनमा कोइलाखानीमा विष्फोट हुँदा १४ जनाको मृत्यु्


तितोपाटी – चीनको दक्षिणपश्चिमी भागमा रहेको कुइचोउ प्रान्तअन्तर्गत पर्ने अन्लोङको कुअङलोङ क्षेत्रमा रहेको एउटा कोइला खानीमा मङ्गलबार भएको विस्फोटनमा परी १४ जनाको मृत्यु भएको छ। खानीमा रहेको ग्यास विस्फोटनपछि उक्त घटना भएको जनाइएको छ । अन्य दुई जना अझै खानी भित्रै च्यापिएको अधिकारीहरुले जनाएका छन्।
मंगलबार बिहानको समयमा भएको यस विस्फोटमा च्यापिएका ती दुई व्यक्तिको खोजी भइरहेको स्थानीय अधिकारीहरुको जनाएका छन् । घटनास्थलबाट अरु सात जनालाई भने जिवितै उद्धार गरिएको छ।

चीनको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने सिचुआन प्रान्तमा रहेको अर्को एउटा खानीमा बाढीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको र तेह्र जना खानी भित्रै च्यापिएको भोलीपल्ट यो घटना भएको हो।
बाढी आएका बेला सो खानीमा ३ सय ४७ जनाले काम गरिरहेका थिए। चीनमा यस्ता विस्फोटनका घटना निरन्तर हुदै आएका छन् । पर्याप्त र उचित सुरक्षाको व्यवस्था नगरिएकाले विस्फोटनका घटना हुने र मानिसहरुको मृत्यु हुने गरेकोे छ। गत महिना सान्छीमा रहेको खानीमा भएको विस्फोटनमा परी कम्तीमा १५ जनाको मृत्यु भएको थियो।


सम्बन्धित शीर्षकहरु

जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा…

पुष्कर अथक रेग्मी - गण्डकी माहात्म्य अनुसार मुक्तिक्षेत्र, रूरूक्षेत्र, रामपुरक्षेत्र र देवघाट हरिहरक्षेत्र समेतको परिसरलाई गण्डकी क्षेत्र मानिएको छ ।…

नेपाल मेरो जन्मभूमि र कर्मभूमि हो युवाले यो देशको गरिमा र शान बढाउन पर्ने हो   नेपाल आमाको मुहारमा मुस्कान…

प्रतिकृयाहरू
...