Tuesday 29th September 2026

भारतीय प्रधानमन्त्री मोदी सिँढीमा लडेको भिडियो भाईरल


तितोपाटी-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार उत्तर प्रदेशको कानपुरस्थित अटल घाट, गंगा परिषदमा सहभागी हुने कार्यक्रम थियो। कार्यतालिका अनुसार मोदीले गंगा नदीको निरीक्षण गर्ने कार्यक्रम थियो। सोही कार्यतालिका अनुसार उनी अटल घाट पुगे। घाट पुगेपश्चात उनले डुंगामा सयर गरी गंगा नदीको निरीक्षण गरी फर्किए।जब उनी सिँढी चढेर फर्किंदै थिए तब एक्कासी उनी लड्न पुगे।उनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले हत्तपत्त उठाए।

उक्त भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।भिडिओमा मोदी सिँढी हतार हतारले चढेको देखिन्छ। चढेको केही पाइलामै उनी लड्न पुग्छन्।उक्त भिडिओ डिडी टेलिभिजन च्यानलबाट शनिबार दिउँसो साढे तीन बजे लाइभ गरेको थियो।


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...