Sunday 18th October 2026

फिनल्यान्डमा ३४ वर्षिय साना मरिन प्रधानमन्त्रीमा निर्वाचित


तितोपाटी – फिनल्यान्डमा ३४ वर्षिय साना मरिन प्रधानमन्त्रीमा निर्वाचित भएकी छन्। प्रधानमन्त्री एन्टी रेनीले गत मंगलबार राजीनामा दिएपछि सोसल डेमोक्रेटिक पार्टीकी मरिन प्रधानमन्त्री बनेकी हुन्। मरिन यस अघि यातायात मन्त्री थिइन्।

पाँच वटा पार्टीको मिलिजुली सरकारमा उनी प्रधानमन्त्री बनेकी हुन्। रोयटर्सका अनुसार उनी विश्वकै कान्छी प्रधानमन्त्री हुन्। ‘हामीले विश्वासलाई पुनर्जिवित गर्न धेरै काम गर्नु पर्नेछ’, सानाले भनिन्, ‘त्यसमा म दृढ भएर लाग्नेछु।’

उनी २७ वर्षकै उमेरमा फिनल्यान्डको औधोगिक शहर टेम्पुरीको सिटी काउन्सी प्रमुख बनेकी थिइन्। फिनल्यान्डको औधोगिक क्षेत्रमा हड्ताल भइरहेको छ। त्यसकै कारण यस अघिका प्रधानमन्त्रीले राजीनामा दिएका हुन्। यही अवस्थामा उनले प्रधानमन्त्रीको कार्यभार सम्हाल्न लागेकी हुन्।

-नागरिकबाट


सम्बन्धित शीर्षकहरु

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

नेपाली चलचित्रका महानायक राजेश हमालले झापाको बिर्तामोडमा निर्माणाधीन वास्तु विहारको आवासीय परियोजनाको उद्घाटन गरेका छन् । बिर्तामोड नगरपालिका–२ रामचोकस्थित निदी…

भारतमा उपग्रहमा आधारित इन्टरनेट सेवा सुरु गर्ने विषयलाई लिएर विश्वका दुई ठूला व्यवसायिक समूहबीच सार्वजनिक बहस चर्किएको छ। एलन मस्कको…

प्रतिकृयाहरू
...