Sunday 19th May 2024

धर्मगुरू बिरूद्ध बलात्कारको उजरी परेपछि अस्पताल भर्ना


तितोपाटी – आफ्नै महिला अनुयायीलाई जबरजस्ती करणी गरेको आरोप लागेका सुनसरी चतराधामका धर्मगुरु कृष्णदास महाराज भनिने कृष्णदास गिरी बिरूद्ध अनुयायीले प्रहरीमा उजुरी दिएपछि प्रहरीले नपक्रोस भन्ने सोच राखी बिरामी भएको बहाना गरि अस्पतालमा भर्ना भएका छन् । काठमाडौंबाट चतराधाम पुगेकी एक महिला अनुयायीलाई गत कात्तिक ४ गते जबरजस्ती करणी गरेको भन्दै पीडित महिलाले सुनसरी जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी थिइन् ।

उजुरी दर्ता भएपछि कृष्णदासले महिलालाई गरेको फोन रेर्कडमा पटक-पटक आँफूबाट गल्ती भएकाले क्षमा माग्दै कारवाही रोक्न आग्रह गरिरहेको छन् । पीडित महिलाको उजुरीपछि कृष्णदास बिरामी भएको भन्दै विराटनगरको विराट नर्सिङ होममा भर्ना भएका हुन् । स्रोतका अनुसार प्रहरीले शुक्रबार नै जिल्ला अदालतबाट सुनसरीबाट पक्राउपूर्जी लिएपनि अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन । कृष्णदासका अनुयायीले सामाजिक सञ्जालमा कृष्णदास र महिलाबीच म्यासेजमा भएको कुराकानी सार्वजनिक गरेका छन् ।

कृष्णदासले ‘भगवान आँफै हुँ’ भन्ने बनाएर महिलाको मानसिक स्थिति नै बदलेको र कृष्णदासलाई पूर्ण रुपमा भगवान मानेकाले दशैंमा टीका लगाउन गएको समयमा एक्लै भेटघाट गरी आफूलाई जबरजस्ती करणी गरेता पनि डर क्रासका कारण तत्कालै सार्वजनिक रुपमा विरोध गर्न नसकेको पीडित महिलाले बताएकी छन् । महिलाले लगाएकी सबै आरोपलाई कृष्णदास आँफैले स्वीकार गरेका छन् । कृष्णदास र महिलाबीच भएको डेढ घण्टा लामो फोन संवादमा कृष्णदासले पटक–पटक आँफूबाट धेरै गल्ती भएको बताएका छन् ।

उनले हरेक प्रकारबाट आफू गलत भएको, महान दोषी भएको स्वीकार गरेका छन् । यति मात्रै होइन उनले–‘अहिले तिम्रो हातमा छ । तर, २४ घण्टापछि तिम्रो हातमा पनि हुँदैन । मेरो अपराधलाई क्षमा गर’ भनेका छन् । जबरजस्ती करणीको आरोप लागेका कृष्णबहादुर गिरी उर्फ कृष्णदास महाराजा तथा सिद्धबाबा विगतदेखिनै कहिले दोहोरो नागरिकता, त कहिले सार्वजनिक जग्गा मिचेको आरोपमा विवादमा तानिदै आएका छन् ।

उनको सुरक्षा गार्डका रुपमा सरकारले एक प्रहरी हवल्दार नै खटाएको छ । सोलुखुम्बुबाट कृष्णबहादुर गिरीको नाममा र सुनसरीबाट २०६५ सालमा श्री वैष्णव कृष्णदासको नाममा नागरिकता लिएका बाबाजीको पहुँच राष्ट्रपति, मुख्यमन्त्री, मन्त्री, प्रदेश सरकारदेखि प्रहरीको माथिल्लो निकायसम्म भएको उनका विगतका गतिविधिबाट स्पष्ट हुन्छ ।

उनले केही समयअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई चतरामै लगेर नक्सा पास नभएको १२८ कोठे भवन उद्घाटन गराएका थिए । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले त भाषणमै आफू कृष्णदासबाट प्रभावित भएको बताएका थिए । कृष्णदासले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत भैंसीको पुच्छर समाउन लगाएर पूजा गराएका थिए । त्यस्तै उनले पूर्व राजा ज्ञानेन्द्रलाई समेत चतराधाममा पूजा गराएका थिए । कृष्णदासले आफ्नै आश्रममा महायज्ञ गरेर जगतगुरु रामानन्दाचार्य पदवीबाट विभूषित भएका थिए । साथै गत असारको पहिलो साता उनले भारतको अयोध्याबाट जगदगुरुको पदवी समेत लिएका थिए ।


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...