Tuesday 29th September 2026

भक्तपुरमा कांग्रेसले नेकपालाइ पछार्यो


तितोपाटी – भक्तपुरमा सत्तारढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)लाइ प्रतिपक्षी दल नेपाली कांग्रेसले पछारेको छ । हिँजो भएको उपनिर्वाचनमा भक्तपुर– १ ‘क’ बाट नेपाली कांग्रेसका कृष्णलाल भडेल विजयी भएका छन्। यसअघि एमाले (हालको सतारुढ नेकपा) ले विजयी हाँसिल गरेको यो क्षेत्रमा कांग्रेस विजयी बनको हो। यसअघिको यही स्थानको स्थानीय निकायको निर्वाचनमा पनि मेयर, उपमेयरसहित अधिकांश वडाअध्यक्ष पनि पूर्व एमालेबाटै विजयी भएका थिए।

काँंग्रेसका भडेलले १३ हजार चार सय ४८ मत ल्याई विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी नेकपाका डीपी ढकालले ११ हजार एक सय ९७ मत पाएका छन्। तेश्रो स्थान यसअघि जस्तै नेपाल मजदुर किसान पार्टीका निरज लवजूले पाँंच हजार आठ सय २९ मत पाएका छन्।

यसपटक यस क्षेत्रमा कूल ४५ हजार १५ जना मतदाता रहेका थिए। त्यसमध्ये ३२ हजार ३७ (७१ प्रतिशत) मत खसेको थियो। गएको यस क्षेत्रको निर्वाचनमा १२ हजार सात ८९ मत एमालेका हरिशरण लामिछाने विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीवन खत्रीले नौ हजार नौसय ७४ मत ल्याएका थिए। त्यस्तै सात हजार १९ मत ल्याएर नेपाल मजदुर किसान पार्टीका निरज लवजू तेस्रो स्थानमा रहेका थिए।

चाँगुनारायण नगरपालिका वडा नं १ देखि ९ र भक्तपुर नगरपालिका वडा नं १० गरी यस प्रदेशमा जम्मा १० वटा वडा रहेका छन्। यस पटकको निर्वाचनमा नेकपा, नेपाली कांग्रेस, नेपाल मजदुर किसान पार्टीलगायतका गरी नौ दलहरुबाट नौ जना र १० जना स्वतन्त्र गरी १९ जना उम्मेदबारहरु प्रतिस्पर्धामा थिए।


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...