Thursday 22nd October 2026

प्रधानमन्त्री खतरामुक्त, स्वास्थ्यमा क्रमिक सुधार


तितोपाटी- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जनाइएको छ। मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा शुक्रबार अस्पतालले पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको हो।

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको र उनी खतरामुक्त रहेको निजी चिकित्सक डा. दिब्या सिंह शाहले जानकारी दिइन् । उनले भनिन्, ‘प्रधानमन्त्री खतरामुक्त हुनुहुन्छ।तर, अझै एक हप्ता अस्पताल बस्नुपर्ने देखिन्छ।त्यसपछि अवस्था हेरेर डिस्चार्ज गरिन्छ।’मंगलबार एपेन्डिसाइटिस शल्यक्रियापछि प्रधानमन्‍त्री ओली अस्पतालमै स्वास्थ्यलाभ गरिरहेका छन्। बुधबारदेखि ओली सहज महसुस गर्दै सामान्य उठबस गर्न थालेका छन्। पेट दु:खेपछि प्रधानमन्‍त्री ओलीलाई मंगलबार बिहान अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्य परीक्षणका क्रममा एपेन्डिसाइटिस देखिएपछि मंगलबार नै त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा सफल शल्यक्रिया भएको हो।


सम्बन्धित शीर्षकहरु

आज बडा दशैंको मुख्य दिन विजयादशमीका अवसरमा देशभर मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएको छ।…

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

प्रतिकृयाहरू
...