Wednesday 30th September 2026

पूर्वराजा ज्ञानेन्द्र,अर्घाखाँची सहित पश्चिम भ्रमणमा जाँदै


तितोपाटी- पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम भ्रमणमा जाने भएका छन् । केही दिनको निजी भ्रमणमा उनी पश्चिम जान लागेको उनका सहयोगी फणी पाठकले जानकारी दिए । निजी भ्रमणको सिलसिलामा उनी मंसिर १५ गते भैरहवा जाने उनले बताए ।

पूर्वराजा ज्ञानेन्द्र पश्चिम भ्रमणका क्रममा नवलपरासी, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मीलगायत जिल्लामा पुग्नेछन्। भ्रमणका क्रममा उनले त्यहाँका मठ मन्दिरको दर्शन गर्नेछन्। ज्ञानेन्द्रले भ्रमणका क्रममा रिढी, सिद्धबाबा, पाल्पा भगवती, अर्घाखाँची सुपा देउरालीलगायत मन्दिरको दर्शन गर्ने कार्यक्रम तय भएको छ।उनले भ्रमणका क्रममा मठ मन्दिरको दर्शनसँगै स्थानीय जनतासँग भलाकुसारीसमेत गर्ने कार्यक्रम छ।


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...