Thursday 22nd October 2026

पूर्वराजा ज्ञानेन्द्र,अर्घाखाँची सहित पश्चिम भ्रमणमा जाँदै


तितोपाटी- पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम भ्रमणमा जाने भएका छन् । केही दिनको निजी भ्रमणमा उनी पश्चिम जान लागेको उनका सहयोगी फणी पाठकले जानकारी दिए । निजी भ्रमणको सिलसिलामा उनी मंसिर १५ गते भैरहवा जाने उनले बताए ।

पूर्वराजा ज्ञानेन्द्र पश्चिम भ्रमणका क्रममा नवलपरासी, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मीलगायत जिल्लामा पुग्नेछन्। भ्रमणका क्रममा उनले त्यहाँका मठ मन्दिरको दर्शन गर्नेछन्। ज्ञानेन्द्रले भ्रमणका क्रममा रिढी, सिद्धबाबा, पाल्पा भगवती, अर्घाखाँची सुपा देउरालीलगायत मन्दिरको दर्शन गर्ने कार्यक्रम तय भएको छ।उनले भ्रमणका क्रममा मठ मन्दिरको दर्शनसँगै स्थानीय जनतासँग भलाकुसारीसमेत गर्ने कार्यक्रम छ।


सम्बन्धित शीर्षकहरु

आज बडा दशैंको मुख्य दिन विजयादशमीका अवसरमा देशभर मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएको छ।…

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

प्रतिकृयाहरू
...