Wednesday 30th September 2026

सिगास गाउँपालिकाका सबै वडा सचिवविहीन


तितोपाटी-सिगास गाउँपालिकाका नौवटै वडा कार्यालय सचिवविहीन छन्। वडा कार्यालयमा सचिव नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ। सचिवविहीन रहेका वडाहरुमा प्राविधिक सहायकहरुलाई सचिवको जिम्मेवारी दिएर काम सञ्चालन भइरहेको प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए। साविकको छवटा गाविसका छजना प्राविधिक सहायकलाई नौवटा वडा कार्यालय हेर्ने गरी जिम्मेवारी दिइएको छ अवस्थीले बताए।

तीनजनाले दुई वडा र अन्य तीन जनाले एक/एक वडाको जिनम्मेवारी दिइएको छ। वडा कार्यालयहरुमा कर्मचारीको अभावले कार्यसम्पादनमा समस्या हुने गरेको र यसले सेवाग्राहीलाई समस्या भएको गाउँपालिकाकी उपाध्यक्ष द्रोपती चन्दले बताइन्। गाउँपालिकामा समेत दुईजना मात्रै कर्मचारी भएको प्रमुख प्रशासकीय अधिकृत अवस्थीले बताए।-खबर हब


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...