Friday 20th September 2024

ईराकमा १४ वर्ष देखि अलपत्र महिलालाई कुवेत एनआरएनद्धारा उद्धार


तोयानाथ उपेक्षित-१४ वर्ष देखि ईराकमा अलपत्र परेकी स्यालझुण्डे ५ रुपन्देही घर बताउने नेपाली महिला टिका सेन ५१, लाई कुवेतको गैरआवासीय नेपाली सघले उद्धार गरेर नेपाल पठाएको छ । दिनरात पडकने बमको धुवा र धुलो खाँदै सडकमा अलपत्र हुन पुगेकी टिका सेनलाई नेपाल पुगिन्छ भन्ने आशै थिएन तर एआरएन कुवेतले उनलाई आफ्नो सम्पर्कमा आएको ४ महिना भित्रमा अहोरात्र खटेर हिँजो फ्लाई दुवईबाट नेपाल पुर्याएको छ ।

एक साता अघि कोसेली न्युजसँगको सम्पर्कमा उनले भनेकी थिईन, धेरै बालबच्चा पाएं, पाल्न हुर्काउन गाहो भयो । उनीहरुको लागि मैले श्रीमानलाई सन्तान जिम्मा लगाएर रोजगारीमा जाने शिलशिलामा ईराक पुगे । तत्कालिन अवस्थामा विदेश जान भनेर काठमाण्डौ आएपछि उनलाई दलालहरुले दिल्ली लगे । त्यहाँबाट दुवई पुराइएको रहेछ र दुवई हुदै ईराकको बगदाद नजिकैको एक शहरमा पुग्दा सम्म उनलाई कहाँ आए भन्ने पनि थाहा थिएन । उनी यति सम्म सोझी छिन ताकी तत्कालिन घर मालिकको नाम पनि थाहा छैन र ठाउँको नाम के हो भन्ने पनि जान्दिनन ईराक स्थित जुन घरमा उनले २ बर्ष विताएकी थिईन ।

दुई बर्ष त राम्रै विते । घर मालिक राम्रै थिए तर एक दिन यस्तो अवस्था आयो उनले शायदै कल्पना गरेकी थिईन । विशाल लडाईको चपेटामा उनी परिन । युद्धरत पक्षले उनलाई घरबाट निकाले र उनी बस्ने घर सहित लगभग बस्ती नै बम ले उडाईयो । यति सम्म की उनका घर मालिक र तिनको परिवार सवै मरे या जीवित छन भन्ने समेत उनले सुईको पाईनन । एक सरो लगाएको कपडामा सडकमा पुगिन । रोई कराई सुरक्षित स्थान खोज्दै हिडेकी उनलाई कसैले आश्रय दियो र उनी उसैको घरको नोकरानी बनिन । बर्षौ वित्यो यसबीच उनका मालिकहरु पनि बदलिए तर उनको जीवनमा कुनै बदलाव आएन । बरु झन झन वरिपरी अन्धकार छाउँदै गयो । पटक पटक उनी पुलिस स्टेसनमा गुहार लगाउन पुगिन तर तिनले सहयोग गर्ने आश्वासन दिदै आफ्नै घरमा काम लगाए । केही त उनलाई सहयोग गर्न चाहाने ईराकीहरु र पुलिस प्रशासन पनि भेटिन तर तिनले चाहेर पनि उनलाई केही गर्न सक्ने अवस्था थिएन । उनको पासर्पोट लगायत आफ्ना व्याक्तिगत सामान कुनै पनि उनीसँग थिएनन् । आफ्नो मालिकको घर आखै अगाडी धुवा र धुलोमा विलाएपछि उनको पासर्पोट बच्ने कुरा भएन । नेपालको कुटनैतिक मिसन समेत नभएको र युद्धग्रस्त ईराकमा कसरी र कहाँ सम्पर्क गरेर उद्धार भईन्छ भन्ने कुरा उनको समझ भन्दा परको कुरो थियो ।

संयोगले उनको पछिल्लो घर धनी धेरै राम्रो ईराकी रहेछन । उनका अनुसार तिनले बुढी भईसकेकी ति महिलाको उद्धार गर्न सक्दो कोशिष गरे । एक दिन उसले कुवेत ईराक गरिरहने जमल महमद नाम गरेको ईराकीसँग टिकालाई उनको देश नेपाल पठाउन सहयोग गर्न गुहारे । जमलले पनि उनलाई साथ दिए । कुवेत आएका बेला उनले आफ्ना भाईसाथी मार्फत कुवेत स्थित एनआरएनसँग सम्पर्क गराई दिए । उसको उक्त प्रयत्न कुवेत एनआरएनको सम्पर्कमा आएपछि साकार हुने अवस्थामा पुग्यो । फोनको प्रयोग सर्वसाधारणको पहुचमा नआईसेकेको समयमा एक हिसावले टिकाको नेपाल सम्पर्क टुटिसकेको थियो । तर यी पछिल्ला वर्षहरुमा उनको हातमा सामान्य मोवाईल थियो । त्यसैको सहारामा उनले एनआरएन कुवेतको सम्पर्क पाईन ।

एनआरएन कुवेतका लागि त्यहि समयमा सुजन केसी अध्यक्षमा चुनिएका थिए । प्रवासी नेपालीहरुका लागि केही राम्रा काम गर्ने सोच र सन्देश दिदै उमेद्धार बनेका केसीका लागि पहिलो पाहुना बनिन ईराकमा रहेकी नेपाली चेली टिका सेन । चार महिना अघि अध्यक्षमा सर्वसम्मत भएका केसीले भने, ‘टिका मेरो कार्यकालको पोहिलो मुद्धा हुन । यो मुद्धालाई मैले आफ्नो लागि चुनौति र अवसर दुवै ठानेर लागि परे । यो एउटा नेपाली हुनुको कर्तव्य त छदैथियो’ केसीले भने ।

लडाई र अशान्तिले ग्रस्त ईराक रहेकी टिकासँग टेलिफोन सम्पर्क शुरु भएपछि एनआरएनले त्यहाँको विमानस्थल सम्म पुर्याउँदा उनलाई विभिन्न कागजातको अभाव देखाउदै त्यहाँको ईमिग्रेसनले दुई पटक सम्म फर्काएको थियो । उनको उद्धारका लागि आवश्यक पर्ने कागजात जुटाउन सजिलो थिएन । त्यसका लागि उनको फोटो प्राप्त गर्न मात्र पनि महिना दिन कोशिष गर्नु परेको केसी ले सुनाए । टिकाले चलाउने मोबाईलमा फोटो सफा आउदैनथ्यो । त्यसका लागि उनलाई सुपरमार्केटमा काम गर्ने कुनै ईन्डियनको खोजी गरेर उसैमार्फत स्टुडियोमा पुरर्याउनु पर्यो । त्यही स्टुडियोसँग अनुरोध गरेपछि मात्र एनआरएनले उनको फोटो पाएको थियो । ईराकमा पुरर्याउनु पर्ने कानूनी प्रक्रियाका लागि एनआरएन कुवेतले १७५ डलर खर्च गरिसकेको थियो । यसरी नै अनेकौ सम्पर्क सुत्र र दोभाषे लगाउनु पर्दाको समस्या झन ठुलो थियो । यावत काम र प्रयत्न गर्दा निक्कै खर्च भएको र त्यसमध्ये सानोतिनो खर्च बेहिसाव रहेको केसी को भनाई छ ।

हिँजो नेपाल पुगेर टिकाले एनआरएन अध्यक्ष सुजन केसीलाई फोन गरिन र चिच्याउदै रुदै हर्षले बोलिन । अध्यक्ष केसी भन्छन् ‘टिका दिदीले हाम्रो जय होस भनेर बारबार पुकार गर्नुभयो । उहाँले हामीलाई धन्यवाद दिने शव्द नै नपाएको मैले अनुभव गरे । रोएर र चिच्याएर व्यक्त हुने खुशी मैले पहिलो पटक सुने’, उनलाई नेपाल पठाउन का लागि फलाई दुवईको टिकट पनि एनसीसी कुवेतले नै उपलव्ध गरिदिएको थियो ।

आफू कार्यरत मुलुक भन्दा पर रहेको एक अशान्त मुलुकमा १४ बर्ष देखि अलपत्र नेपाली महिलाको उद्धार गर्न सकेकोमा अध्यक्ष केसी पनि कम खुशी भएका थिएनन् । यो पंक्तिकारसँग अध्यक्ष केसि ले व्यक्त गरेको खुशी एनअारएनए अध्यक्षलाइ सुनाएको टिकाको खुशी जस्तै नै थियो ।

टिका सेनको उद्दार गर्ने कार्यमा एनआरएन कुवेतको आफ्नो टिमले गरेको साथ र सहयोगको केसीले सरहाना गर्दै सवै एनसीसी पदाधिकारी र सदस्यहरुको एउटै मन र भावनाबाट आफूलाई उर्जा मिलेको अनुभव केसीको थियो । कोसेली न्युजसँग कुरा गदै केसीले एनसीसी कुवेतका पूर्व अध्यक्ष राजेन्द्र तामांगको सहयोग नभएको भए उनको उद्धार आजसम्ममा हुन गाहो हुने थियो भन्दै तामांगको साथ र सहयोगप्रति मुक्तकण्ठले अाभार प्रकट गरे । ईराकका मानवधिकारकर्मीहरु र जसजसले टिकाको सहयोगका लागि सहयोग गरे सवै प्रति केसीले कुवेतवासीका तर्फबाट धन्यवाद दिएका छन् ।

शुरुवात मै एनसीसी कुवेतले असम्भव जस्तै अवस्थामा रहेकी महिलाको उद्धार गरेर आफ्नो सक्षमता प्रर्दशन गरेको छ । भविश्यमा यस्ता अनगन्ति समस्याका लागि एनआरएनको आश लाग्दो रुप कुवेतबासीहरुले देख्न पाउन । कुवेतवासीहरुले गर्व गर्न लायक कार्य एनसीसीले गरिरहने आशा पनि गरौ । कोसेली न्युज परिवार एनसीसी कुवेतको यस कार्यको प्रशंसा गर्दछ र यस्तै धेरै धेरै शुभकार्यहरु हुदै जाउन, शुभकामना ।


सम्बन्धित शीर्षकहरु

म्यानमारमा आएको भीषण बाढीका कारण कम्तीमा ७४ जनाको मृत्यु भएको छ । अन्य ८९ जना बेपत्ता भएका छन् । टाइफुन…

भारतीय कमेडियन कपिल शर्माले 'द ग्रेट इन्डियन कपिल शो' को दोस्रो सिजन ल्याउने भएका छन्। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार…

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दुई दिनपछि राजीनामा दिने घोषणा गरेपछि भारतको राजनीतिक वृत्तमा तरङ्ग पैदा भएको छ। आइतबार कार्यकर्तालाई सम्बोधन…

प्रतिकृयाहरू
...