Thursday 22nd October 2026

प्यूठानमा बलेरो दुर्घटना, ३ जनाको मृत्यु


तितोपाटी – प्यूठानको स्वर्गद्वारी नगरपालिका ४ मनखोला भिरमा बोलेरो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बिहीवार बिहान भिंग्रीबाट पानी बोकेर स्वर्गद्वारीतर्फ जान लागेको ग १ च ५२४९ नम्बरको बोलेरो दुर्घटना हुँदा एकको घट्नास्थलमै र अन्य दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्वर्गद्वारी नगरपालिका २ का ४० वर्षीय नजरी सुनार, सोहि ठाउँका २५ वर्षीया विना विक र उनका ७ वर्षीय छोरा आनन्द विक रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।

घाइते सवारी चालक माण्डवी गाउँपालिका ५ का अन्दाजी २३ वर्षीय बसन्त कुमालको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरीले बताएको छ । बोलेरो जिप तीन सय मिटर तल खोलामा खस्दा पूर्णरूपमा क्षति भएको छ ।

उता बिहिबार नै सल्यानमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते छन् ।


सम्बन्धित शीर्षकहरु

आज बडा दशैंको मुख्य दिन विजयादशमीका अवसरमा देशभर मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएको छ।…

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

प्रतिकृयाहरू
...