Tuesday 6th October 2026

स्वास्थ्य परीक्षणका लागि लिएको रकम फिर्ता गर्न आग्रह


तितोपाटी- वैदेशिक रोजगार विभागले मलेसिया रोजगारी जाने कामदारसँग प्रक्रिया नै शुरु नभइ इमिग्रेसन सेक्युरिटी क्लियरेन्स र वायोमेट्रिक स्वास्थ्य परीक्षणका लागि रकम लिएको भए फिर्ता गर्न म्यानपावर कम्पनीलाई आग्रह गरेको छ ।

विभागले एक सुचना जारी गर्दै मलेसियामा रोजगारीका लागि कामदार पठाउने सम्बन्धमा वैदेशिक रोजगार विभाग ताहाचलबाट सोमबार साँझसम्म १८ सय कामदारको मात्र पूर्व श्रम स्वीकृति निस्केको तर करिब एक लाख भन्दा बढी कामदारको मेडिकल र जिएसजी भई कामदारसँग ठुलो रकम उठाएको भन्दै म्यानपावर कम्पनीलाई पैसा लिएको भए फिर्ता गर्न आग्रह गरेको हो । रोजगारीका लागि मलेसिया जाने कामदारको वायोमेडिकल स्वास्थ्य परीक्षण गर्दा ४ हजार ५ सय र जीएसजी गर्दा ३ हजार २ सय गरी ७ हजार ७ सय खर्च हुन्छ । विभागको दावी मान्ने हो भने एक लाख कामदारले स्वास्थ्य परीक्षण गराउँदा ७७ करोड रुपैयाँ खर्च भएको छ ।

विभागले रोजगारीका लागि मलेसिया जाने कामदारको पूर्व स्वीकृति बमोजिम छनोट भई प्रक्रिया पूरा नहुँदै कुनै पनि व्यक्तिले मेडिकल र जिएसजीका नाममा रकम उठाउन नपाउने भएकाले ती दुबै प्रक्रियामा सहभागी नहुन समेत रोजगार आकांक्षी कामदारहरुलाई आग्रह गरेको छ । पूर्व स्वीकृति लिई कामदार छनोट भइसकेपछि मेडिकल र जीएसजी गर्न पठाउँदा पत्र र लट नम्बरसहित पठाउन पनि अनुरोध गरेको छ ।
साभार-खबर हब


सम्बन्धित शीर्षकहरु

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

प्रतिकृयाहरू
...