Thursday 22nd October 2026

बलात्कार प्रयास गरेको मुद्दामा निवर्तमान सभामुख महरालाइ थुनामा राखी कार्वाही गरिने


तितोपाटी – याैन दुर्ब्यवहार मुद्दामा निवर्तमान सभामुख कृष्ण बहादुर महरालाइ थप अनुसन्धान गर्न पुर्पक्षको लागि थुनामा राखिने भएको छ । जिल्ला अदालत काठमाडौंले निवर्तमान सभामुख महरालाई बलात्कार प्रयाश अभियोगमा थप अनुसन्धान गर्न पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि थुनामा राखेर अनुसन्धान गर्न लागिएको हो । सोमबार जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

अब महरालाई थुनामा राखेर थप अनुसन्धान गरिनेछ। महराको मुद्दामा आइतबार र सोमबार गरी दुइदिन सम्म थुनछेक बहस भएको थियो। आदेशसँगै महरालाई मुद्दाको टुंगो नलागेसम्म डिल्ली बजार कारागारमा राखिने छ।

संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको अभियोगमा प्रहरीले महराविरुद्ध शुक्रबार ५ देखि ७ वर्षसम्म सजाय माग गर्दै अदालतमा मुद्दा दर्ता गरेको थियो।


सम्बन्धित शीर्षकहरु

वेबसाइट निर्माण र सञ्चालनका लागि विश्वभर व्यापक रूपमा प्रयोग हुने ‘पीएचपी’ (PHP) नामक प्रोग्रामिङ भाषामा दुई गम्भीर सुरक्षा कमजोरी फेला…

साउदी अधिकारीहरूका अनुसार यमनतर्फबाट आएको भनिएको ड्रोनले शैबाह तेल क्षेत्रमा रहेको प्रशोधन केन्द्रलाई निशाना बनाएको थियो। साउदीको हवाई प्रतिरक्षा प्रणालीले…

साउदी अरबको पूर्वी प्रान्तस्थित शायबह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक नेपाली कामदार र एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ।…

प्रतिकृयाहरू
...