Sunday 14th June 2026

नियमित चेकजाँचको लागि ग्राण्डी पुगेका प्रधानमन्त्रीको डायलासिस गरियो


तितोपाटी – नियमित चेक जाँचको क्रममा ग्राण्डी अस्पताल पुगेका प्रधानमन्‍त्री केपी शर्मा ओलीको स्वास्थ्य परीक्षण तथा उपचार क्रममा गम्भीर स्वास्थ्य स्थिति देखिएपछि अस्पतालमै भर्ना गरि उपचार गरिराखिएको छ । बुधबार राति मिर्गौला उपचारका क्रममा संक्रमण भएपछि थप परीक्षण तथा उपचार आवश्यक भएकोले अस्पताल बसाइ लम्बिनसक्‍ने अस्पताल स्रोतले बताएको छ। बुधबार राति गरिएको डायलासिसमा संक्रमण भएपछि बिहीबार फेरि डायलासिस गर्ने तयारी छ। तर यसबारे अस्पतालले कुनै आधिकारिक जानकारी दिएको छैन। ओलीको उपचारमा निजी चिकित्सक डा.दिव्यासिंह शाह, दिलिप शर्मा सहित चक्रराज पाण्डे र प्रेम ज्ञवाली पनि संलग्न रहेका छन् ।

बिहीबार बेलुकासम्म ओलीको डिस्चार्ज हुने संभावना छ। बुधबार बिहान अस्पताल पुगे देखि नै ओलीलाई अति सघन उपचार कक्ष (आइसियू) मा राखेर परीक्षण तथा उपचार भइरहेको छ। बुधबार राति डायलासिस गरिए पनि अस्पताल र सचिवलयले त्यसको पुष्टि गरेको छैनन्।अहिलेसम्म प्रधानमन्‍त्रीको वास्तविक स्वास्थ्य अवस्थाबारे अस्पतालले स्पस्ट जानकारी दिएको छैन। अस्पतालले बुधबार बेलुका जारी गरेको विज्ञप्तीमा प्रधानमन्‍त्रीको नियमित स्वास्थ्य परीक्षण भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै बुधबार राति वा बिहीबार बिहान डिस्चार्ज हुने उल्लेख गरिएको थियो।

मुलुकको प्रधानमन्‍त्रीको स्वास्थ्यबारे आम चासो र चिन्ता हुँदा पनि सचिवालय र अस्पतालले वास्तविक सूचना बाहिर नल्याएर गुमाराहमा राखेको प्रतिक्रिया सामाजिक संजालमा समेत व्यापक रुपमा आइरहेको छ। प्रधानमन्‍त्रीको सचिवालयले ओली अस्पतालबाट बुधबार बेलुका नै बालुवाटार फिर्ता आउने जानकारी दिएको थियो। ओलीको स्वास्थ्यमा समस्या आएपछि उनलाई बुधबार बिहान ९ बजे अस्पताल पुर्‍याइएको थियो।

प्रधानमन्त्री ओलीको १२ वर्ष अगाडि २०६४ सालमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। मिर्गौला प्रत्यारोपणपछि उनले नियमित औषधि खाँदै आएका छन्। उक्त औषधिका कारण प्रतिरोधात्मक क्षमतामा कमी आउने भएकोले बेलाबेलामा उनको स्वास्‍थ्यमा समस्या देखिने गरेको छ।

भदौंको पहिलो हप्ता प्रधानमन्त्री ओलीको सिंगापुरमा प्लाज्माफेरेसिस गराइएको थियो। त्यही क्रममा दुई हप्ता ओली सिंगापुरमा रहेका थिए। रेनल बायोप्सीको रिपोर्टपछि ओली थप परीक्षण र उपचारका लागि सिंगापुर गएका थिए। त्यसअघि छाउनीस्थित सैनिक अस्पताल नियमित ल्याब परीक्षणसहित यूएसजी ग्याइडेड ‘रेलन बायोप्सी’गरिएको थियो।


सम्बन्धित शीर्षकहरु

इजरायलको प्रसिद्ध पर्यटकीय गन्तव्य ग्यालिली समुद्र सामान्यतया शान्त वातावरण, प्राकृतिक सौन्दर्य र पारिवारिक घुमघामका लागि परिचित छ। प्रत्येक वर्ष हजारौँ…

कुवेतमा मिर्गौला रोगबाट पीडित अञ्जु माया स्याङ्तान(राहदानी नं. PA1496153)का लागि नेपाली समुदायको सक्रियतामा आर्थिक सहयोग संकलन गरि सहयोग गरिएको छ।…

अमेरिकी नौसेनाको कारबाहीमा तीन भारतीय नाविकको मृत्यु भएपछि भारत–अमेरिका सम्बन्धबारे नयाँ बहस सुरु भएको छ। विश्व राजनीतिमा पछिल्ला दुई दशकदेखि…

प्रतिकृयाहरू
...