Thursday 22nd October 2026

५० बर्षीयले ४ वर्षीया बालिकामाथि जबरजस्ती करणीको प्रयास


बाराको आदर्श कोतवाल गाँउपालिकास्थित चार वर्षीया  बालिकामाथि जबरजस्ती करणीको प्रयास गरिएको छ । आदर्श कोतवाल ४ ईनरवाका अन्दाजी ५० बर्षका शेख ईसराईलले स्थानीय चार वर्षीया बालिकालाई करणीको प्रयास गरेको प्रहरीले जनाएको छ ।

शेख ईशराईल काठको घर बनाउने मिस्त्री हुन् । बुधबार आफ्नै गाउँ ईनरवामा एक व्यक्तिको घर निर्माण गरिरहेका थिए । काम गर्ने क्रममा घरधनीका अन्य सदस्य बाहिर गएको मौका छोपी ईशराईलले सोही घरकी बालिकालाई करणीको प्रयास गरेको र बालिका रोए कराएपछि आरोपी फरार भएको प्रहरीले जनाएको छ ।

बारा प्रहरी प्रवक्ता डिएसपी रंजितशिंह राठौरले घटनाको पुष्टी गर्दै पिडिताको जिल्ला अस्पताल कलैयामा बुधवार साँझ स्वास्थ परीक्षणसमेत भइसकेको जानकारी दिएका छन् ।
-संजय मिश्र, रातोपाटी


सम्बन्धित शीर्षकहरु

वेबसाइट निर्माण र सञ्चालनका लागि विश्वभर व्यापक रूपमा प्रयोग हुने ‘पीएचपी’ (PHP) नामक प्रोग्रामिङ भाषामा दुई गम्भीर सुरक्षा कमजोरी फेला…

साउदी अधिकारीहरूका अनुसार यमनतर्फबाट आएको भनिएको ड्रोनले शैबाह तेल क्षेत्रमा रहेको प्रशोधन केन्द्रलाई निशाना बनाएको थियो। साउदीको हवाई प्रतिरक्षा प्रणालीले…

साउदी अरबको पूर्वी प्रान्तस्थित शायबह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक नेपाली कामदार र एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ।…

प्रतिकृयाहरू
...