Thursday 22nd October 2026

बलात्कारको आरोपमा अखिलका नेता पक्राउ


तितोपाटी-एक किशोरीमाथि बलात्कार गरेको अभियोगमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अखिल)का केन्द्रीय सदस्य इन्द्रहाङ राई पक्राउ परेका छन् ।

पीडित किशोरीको आधारमा काठमाडौं प्रहरीले राईलाई पत्राउ गरेको हो ।राईलाई काठमाडौंको जोरपाटी क्षेत्रबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतले जानकारी दिएको छ ।राईले एक चिनजानकी १८ वर्षीया किशोरीलाई ‘काम छ भन्दै बोलाएर’ काठमाडौंको गोकणेश्वर–६ मा रहेको आफ्नो साथीको कोठामा लगेर बलात्कार गरेका प्रहरीको भनाइ छ ।

‘काम छ भनेर बोलाएर साथीको कोठामा लगि बलात्कार गरेको भन्दै पीडित किशोरीले राईविरुद्ध उजुरी दिएकी छन्,’ महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतले भन्यो, ‘पीडित युवतीलाई सोमबार राति नै उद्दार गरिएको हो । आरोपितलाई बिहान पक्राउ गरिएको हो ।’प्रहरीले अहिले पीडित किशोरीको मेडिकल परीक्षणसहित आरोपितमाथि थप अनुसन्धान शुरु गरिएको जनाएको छ ।
साभार-खबर हब


सम्बन्धित शीर्षकहरु

वेबसाइट निर्माण र सञ्चालनका लागि विश्वभर व्यापक रूपमा प्रयोग हुने ‘पीएचपी’ (PHP) नामक प्रोग्रामिङ भाषामा दुई गम्भीर सुरक्षा कमजोरी फेला…

साउदी अधिकारीहरूका अनुसार यमनतर्फबाट आएको भनिएको ड्रोनले शैबाह तेल क्षेत्रमा रहेको प्रशोधन केन्द्रलाई निशाना बनाएको थियो। साउदीको हवाई प्रतिरक्षा प्रणालीले…

साउदी अरबको पूर्वी प्रान्तस्थित शायबह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक नेपाली कामदार र एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ।…

प्रतिकृयाहरू
...