Friday 11th September 2026

हाँस्यटेलिशृङ्खला ‘सक्किगो नि’ र ‘भद्रगोल’ विवाद सहमतिमा टुङ्गियो


तिताेपाटी – नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको हाँस्यटेलिशृङ्खला ‘भद्रगोल’ र ‘सक्किगो नि’ बीचको विवाद सहमतिमा टुङ्गिएको छ ।

‘सक्किगो नि’मा कलाकार कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाँडे’ लगायत केही कलाकारले निर्वाह गर्दै आएको चरित्र आफ्नो शृङ्खला ‘भद्रगोल’को चरित्र भएको भन्दै मिडिया हवले आपति जनाएपछि दुई शृङ्खलाका निर्माताबीच विवाद चर्केको थियो । उक्त विवाद गत ३ गते प्रहरीमा समेत पुगेको थियो ।

मिडिया हवका मालिक सोम धितालले ‘सक्किगो नि’ नामको टेलिशृङ्खलाले ‘भद्रगोल’को पात्र हुबहु नक्कल गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

‘सक्किगो नि’ निर्माण संस्था जेपिटी क्रिएसनले भने कलाकारको चरित्र आफूले जुनै शृङ्खलामा प्रयोग गर्न पाउने अधिकार भएको दाबी गर्दै आएका थिए ।

केही दिन देखि जारी ‘भद्रगोल’ र ‘सक्किगो नि’ बीचको विवाद अहिले सहमतिमा टुङ्गिएको जेपिटी क्रिएसनका कुमार कट्टेल ‘जिग्री’ले बताए ।

‘एक अर्काको काममा हस्तक्षेप नगरी आ–आफ्नो तरिकाले शृङ्खला निर्माण गर्ने सहमति पछि विवाद टुङ्गिएको हो,’ कुमार कट्टेल ‘जिग्री’ले भने, ‘पात्रको विषयमा मिडिया हवले अब विवाद नझिक्ने समेत सहमति जनाएको छ ।’ मडिया हब प्रा.लिसँग आफूहरु बसेर विवादको किनारा लगाएको कट्टेलको भनाई छ ।

कलाकार र सर्जकले मिडिया हब प्रा.लि.ले पनि सम्मान गर्ने र सर्जक कलाकारले पनि मिडिया हब प्रा.लि.को योगदान र सहयोगलाई सम्मान गर्दै अगाडि बढ्ने प्रतिबद्धता दुबै पक्षले सहमतिमा गरेका छन् ।

दुबै पक्ष बिचको सहमतिमा पछिल्लो समयमा उत्पन्न बिवादित विषय यहि टुङ्गिएको र आगामी दिनमा यो विषय दुबै पक्षले नउठाउने सहमति समेत भएको कुमारको भनाइ रहेको छ ।

विवाद मिलेपछि अव हाँस्य टेलिसिरियल ‘भद्रगोल’ र ‘सक्किगोनी’ दर्शकले पहिलेकै समयमा नियमित हेर्न पाउनेछन् ।

उनीहरुको सहमति पछि कलाकार अर्जुन घिमिरे पाँडेले सामाजिक सञ्जालमार्फत एक स्टाटस् लेखेर सहमतिको जानकारी समेत गराएका छन् ।

राताेपाटीबाट साभार


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा काम गर्न १,४६४ नेपाली कामदारका लागि आवेदन खुला…

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

प्रतिकृयाहरू
...